News Portal

    वीपीका प्रिय खुमबहादुरलाई गिरिजा–सुशील–शेखरले यसरी समाप्त पारे

    हिमालीसंचार संवाददाता
    २४९ पटक

    काठमाडौं। नेपाली कांग्रेसका नेता स्व.खुमबहादुर खड्काले देश, जनता र पार्टीका लागि ठूलो योगदान दिएका छन्। खड्कालाई वीपी कोइरालाले निकै रुचाइएका नेतामा लिन्थे। वीपीले आफ्नो सुरक्षाका लागि राखिएको बन्दुक (मेसिन गन) खुमबहादुर खड्कालाई दिनु भनेर भनेको कांग्रेसका नेताहरूले बताउँदै आएका छन्।

    निडर र हकी स्वभावका खड्कालाई वीपीले निकै विश्वास गर्थे। वीपीले खड्कालाई पार्टीका महत्वपूर्ण जिम्मेवारी पनि दिएका थिए। वीपी कोइरालाले २०३३ साल पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर ८ वर्षको निर्वासित जीवन त्याग गरेर स्वदेश फर्कने क्रममा खुमबहादुर खड्का पनि सँगै आएका थिए।

    भारतबाट वीपीसँग स्वदेश आउनेमा गणेशमान सिंह, शैलजा आचार्य, नीलाम्बर पन्थी, रामबाबु प्रसाइँ र खुमबहादुर खड्का थिए। त्यसवेलाको शक्ति सन्तुलनमा आफू र तत्कालीन राजालाई नेपालको प्रजातान्त्रिक र राष्ट्रवादीशक्तिको रूपमा चित्रण गरी आफ्नो र राजाको सहयात्राको प्रस्ताव नै राष्ट्रिय मेलमिलाप थियो।

    राजासँग मुढभेड नगर्ने, व्यवस्था स्वीकार नगर्ने नीतिका साथ वीपी स्वदेश फर्किभएको प्रसंगलाई आजको राजनीतिक सन्दर्भमा समेत राष्ट्रियता र प्रजातन्त्रको प्रश्नसंग जोडेर मेलमिलाप दिवस मनाइँदै आइएको छ।

    वीपीले मन पराका खुमबहादुरलाई वीपीकै परिवारबाट तिस्कार भयो। कांग्रेसमा खुमबहादुरको कामबाट गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, शेखर कोइरालाहरूलाई मन परेन। शेखर कोइरालाकी आमा नोना कोइरालालाई जहिले पनि आफ्नै आमासरह मान्दै आएका खुमबहादुरले खुट्टामा ढोग्दै आएका थिए। नोनाले समेत खुमबहादुरलाई अन्तिम समयमा साथ दिइनन्।

    शेखर कोइराला र उनकी आमा नोना कोइरालाले भनेको कुरा गिरिजाप्रसाद कोइरालाले कहिल्यै पनि काट्दैन थिए। गिरिजाप्रसादका सल्लाहकार शेखर र नोना थिए। गिरिजाप्रसादले आफूलाई खुमबहादुरबाट सधैँ असुरक्षित ठाने। नचाहँदा नचाहँदै पनि खुमबहादुरलाई पार्टी र सरकारमा ठाउँ दिनु पर्‍यो।

    खुमबहादुरले कांग्रेस पार्टीका सभापति बनेर आफूलाई समाप्त पार्छ भन्ने डरले गिरिजाप्रसादले खुमबहादुरलाई भ्रष्टाचारको मुद्धा लगाएर राजनीति नै समाप्त पारिदिए। खुमबहादुरलाई देशभरिका कार्यकर्ताले धेरै मन पराएका थिए। कार्यकर्ताले खुमबहादुरलाई मन पराएको कुरा कोइराला परिवारलाई इगो बनेको थियो।

    गिरिजाप्रसादको निधनपछि मुद्धा सर्वोच्च अदालतमा चलिरहेको थियो। त्यस बेल राष्ट्रपति रामवरण यादव थिए। प्रधानमन्त्री सुशील कोइराला थिए। खुमबहादुरले सर्वोच्च अदालतबाट भ्रष्टाचारमा सफाइ पाउने पक्का जस्तै थियो।

    सुशील कोइराला, रामवरण यादव र शेखर कोइरालाको दवावमा तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचार ठहर गरेर जेलमा पठाइन्। सुशीला कार्कीकी पतिलाई वीपीले ‘सुराकी’ भनेर अविश्वास गरेका थिए। वीपीको रिस सुशीला कार्कीले खुमबहादुरलाई भ्रष्टाचारमा जेल सजाय दिएर बदला लिएको चर्चा छ।

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

    सानो पाइला सहकारी ठगी काण्ड : रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा, ५ करोडभन्दा बढी बिगो माग

    काठमाडौं, असार १ — वीरगञ्जस्थित सानो पाइला सहकारी घोटाला प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

    टिकटकमार्फत जातीय विभेद भड्काउने युवती पक्राउ

    काठमाडौं, असार १ – सामाजिक सञ्जाल टिकटक प्रयोग गरेर जातीय तथा साम्प्रदायिक भावना भड्काउने र...

    कुलेश्वरबाट अक्सिजन सिलिण्डरभित्र ट्रामाडोल ओसार्ने दुई जना पक्राउ

    काठमाडौं, असार १ – अक्सिजन सिलिण्डरको आडमा लागुऔषध ओसारपसार गरिरहेका दुई जना काठमाडौंको कुलेश्वरबाट पक्राउ...

    काठमाडौँको बूढानीलकण्ठमा दुई जना मृत फेला, घटनामा रहस्यमय पाटो — अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौँ, असार १ – राजधानीको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटस्थित एक घरभित्र दुई जनाको शव फेला परेपछि...

    प्रतिनिधिसभामा विपक्षी दलको नाराबाजी, सभामुखले बेवास्ता गर्दै बैठक चलाए

    काठमाडौं, असार १ – प्रतिनिधिसभाको आइतबारको बैठक प्रतिपक्षी दलहरूको कडा विरोध र नाराबाजीबीच नै अगाडि...