News Portal

बीपीको मेलमिलाप नीति सान्दर्भिक र औचित्यपूर्ण

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौँ। नेपालको राजनीतिक ‘कोर्ष’ बदल्ने ऐतिहासिक दिन थियो वि.सं. २०३३ पुस १६ गते। त्यस दिन नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय मेलमिलाप नीति लिएर भारतबाट स्वदेश फर्किनुभएको थियो।

नेपाली काँग्रेसले हरेक वर्ष पुस १६ गतेलाई राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ। निर्वासनमा रहेका बेला दक्षिण एसियाको बदलिँदो राजनीतिक घटनाक्रमका कारण देशको राष्ट्रियतामाथि खतरा देखेपछि उहाँ स्वदेश फर्किनुभएको थियो।

बीपीको मेलमिलाप नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको भन्दै नेताहरूले अब उक्त नीतिअनुसार देश विकास र समृद्धि गर्नुपर्ने बताउनुभएको छ। राष्ट्रियता र लोकतन्त्रका लागि ज्यानको बाजी लगाउनुभएका बीपीको मेलमिलाप नीति अझै सान्दर्भिक र औचित्यपूर्ण रहेको प्रभावशाली नेताहरूले बताउनुभयो।

काँग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरले संविधानको रक्षा र लोकतन्त्रलाई सुदृढ बनाउनका लागि बीपीले देखाउनुभएको बाटोबाटै अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, “२०३३ सालतिर दक्षिण एसियामा बङ्गलादेशको उदय, सिक्किमको भारतमा विलयजस्ता राजनीतिक सङ्कटबाट बीपीले नेपाली राष्ट्रियतामाथि खतरा देखेर एकता र मेलमिलापको नीति लिएर नेपाल फर्किनुभएको थियो।”

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...