News Portal

राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट जोगिऔँ – राजेन्द्र लिङ्देन

हिमालीसंचार संवाददाता
२९७ पटक

पूर्वी नवलपरासी। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निवर्तमान अध्यक्ष कमल थापालाई कडा शब्द प्रहार गरेका छन्। सोमबार पूर्वी नवलपरासीको सदरमुकाम कावासोतीमा आयोजित आम सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष लिङ्देनले थापाको नाम नलिई राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।

अध्यक्ष लिङ्देनले नेपालका ठूला तीन दल (नेपाली कांग्रेस, एमाले र माओवादी)लाई पूर्वराजा ज्ञानेन्द्रको विरोध गरेर आ–आफनो संगठन विस्तारमा लागेको पनि आरोप लगाएका छन्। उनले पूर्वराजाको विरोध गरेर आफ्नो संगठन मजबुत हुन्छ भन्ने भ्रम पालेर ठूला दलहरु अघि बढेका छन्।

अध्यक्ष लिङ्देनले तीन ठूला दलहरुले ०६२/६३ मा जनआन्दोलन गर्ने नाममा जनताको विपरित हिन्दु धर्म फालेको र देशलाई सिक्किमीकरणतर्फ लगेको पनि आरोप लगाएका छन्। साथै, देशमा राजा फालेर तीन दलले भ्रष्टाचार र विसंगति बढाएको पनि अध्यक्ष लिङ्देनको आरोप छ।

अध्यक्ष लिङ्देनले देश जोगाउने राजनीतिक एजेण्डा राप्रपासँग भएको पनि बताएका छन्। तर, राजाको विरोध गरेर चर्चामा आउन खोज्नेहरुबाट देश जोगाउनुपर्ने बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...