News Portal

देउवा-कोइराला टकराव बढ्ने संकेत !

हिमालीसंचार संवाददाता
८३२ पटक

“शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्न सक्ने संकेतका रुपमा लिइएको छ। कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन्।”

काठमाडौं। नेपाली काँग्रेसभित्र सभापति शेरबहादुर देउवा र नेता डा.शेखर कोइरालाबीच टकराव बढ्ने संकेत देखिएको छ। १४औं महाधिवेशनपछि देउवाले कार्यसमितिमा सार्वजनिक गरेको वरियताको विषयलाई लिएर टकराव बढ्ने संकेत देखिएको छ।

देउवाले आफूसँग सभापतिको प्रतिष्पर्धामा दोस्रो चरणमा पराजित शेखर कोइरालालाई वरियताको २०औं नम्बरमा राखेका छन्। शेखरले देउवालाई कडा चुनौती दिएका थिए। वरियतामा देउवाले आफूपछि रामचन्द्र पौडेललाई राखे।

कृष्णप्रसाद सिटौलालाई तेस्रो नम्बरमा राखेर पदाधिकारीहरुलाई त्यसपछि राखेका छन्। देउवाको पछिल्लो कदम शेखरको शक्तिलाई बेवास्ता गरिएको रुपमा हेरिएको छ। पार्टीमा कहिल्यै पदाधिकारी नभएका शेखर केन्द्रीय सदस्यबाट एकैपटक सभापतिको उम्मेदवार बनेका थिए।

यो उनको राजनीतिक फड्को थियो तर, देउवाले उनलाई अझै जुनियर नै मानेको सन्देश दिएका छन्। कोइराला परिवारका ३ शक्तिशाली नेतामध्ये शेखर राजनीतिमा पछि आएका हुन्। तर, उनले चाँडै नै फड्को मार्न सके।

उनी आफ्नो समूहबाट पदाधिकारीमा निर्वाचित उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीहरु जीवन परियार र बद्री पाण्डेभन्दा पनि वरियतामा तल राखिएका छन्।

शेखरको वरियता निर्धारणलाई भविष्यमा टकराव बढ्न सक्ने संकेतका रुपमा लिइएको छ। कोइरालाले सभापतिमा पराजय भोगेपछि आफू देउवाको गलत कदमहरुकाविरुद्ध सशक्त रुपमा उभिने बताइसकेका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...