News Portal

ओली–प्रचण्ड मिलाउन फेरी कस्सिन चिनियाँ राजदूत यान्छी !

हिमालीसंचार संवाददाता
३८६ पटक

“राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्।”

काठमाडौं। चीनले पुनः एक पटक नेकपा एमाले र माओवादी केन्द्र मिलाउन कसरत गरेको छ। एमाले अध्यक्ष पदमा निर्वाचित भएपछि बधाई दिन बालकोट पुगेकी नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले केपी शर्मा ओलीसँग माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग मिलेर जान आग्रह गरेकी हुन्।

गत सोमबार राजदूत यान्छीले एमाले अध्यक्ष ओलीसँग डेढ घण्टा छलफल गरेकी थिइन्। राजदूत यान्छीले नेपालका कम्युनिष्ट शक्तिहरु मिल्नुको विकल्प नभएको अध्यक्ष ओलीलाई सुनाएकी थिइन्। उनले एमाले, एकीकृत समाजवादी र माओवादी केन्द्र मिलेर गए आगामी निर्वाचनमा फेरि कम्युनिष्ट पार्टीको बहुमत आउने बताएकी थिइन्।

एमालेका एक नेताले अन्नपूर्णपोस्टसँग भने,‘चिनियाँ राजदूतले कम्युनिष्ट शक्तिहरु मिलेर जान आग्रह गर्नुभएको हो। तर अध्यक्षज्युले सो बारेमा खासै जवाफ दिनु भएन।’ राजदूत यान्छीले बेइजिङसमेत नेपालमा एमाले, माओवादी केन्द्रलगायत कम्युनिष्ट शक्तिहरु मिलेर जाउन भन्ने पक्षमा रहेको बताएकी थिइन्।

जवाफमा ओलीले आफूले पार्टी विभाजन नगरेको र आफू सधै कम्युनिष्ट एकताको पक्षमा रहेको बताएको ती नेताले भने। अध्यक्ष ओलीले प्रचण्डको कारण नेकपा विभाजन भएको राजदूत यान्छीलाई भनेका थिए। अध्यक्ष ओलीले पार्टी विभाजनको कारक प्रचण्ड भएको र कम्युनिष्ट पार्टी एकताको बारेमा समेत प्रचण्डसँगै सोध्न राजदूत यान्छीलाई आग्रह गरेको स्रोतले बताएको छ।

नेकपा विभाजन भएपछि २०७७ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्ना विशेष दूत चिनियाँ रक्षामन्त्री वेई फेङहेलाई काठमाडौं पठाएका थिए। सो समयमा रक्षामन्त्री फेङहेले समेत कम्युनिष्ट शक्तिहरु मिलेर जानुको विकल्प नभएको भन्दै ओली र प्रचण्डलाई मिल्न दबाब दिएका थिए।

फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई पुनः जोडेर नेकपा बनाउन चीनले उच्चस्तरीय टोली गत पौषमा पनि नेपाल पठाएको थियो। राष्ट्रपति सी चिनफिङले विशेष सन्देशसहित चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोली काठमाडौं आएका थिए।

नेकपाको आन्तरिक कलह मत्थर पार्न यसअघि चिनियाँ कम्युनिस्ट पार्टीले खेलेको भूमिका निरर्थकसरह भएको थियो। चिनियाँ राजदूत होउ यान्छी उक्त समयमा समेत नेकपाभित्रको विवाद मत्थर गर्न सक्रिय बनेकी थिइन्। तैपनि, नेकपा चिरिएको थियो।

चीन कुनै हिसाबले पनि कम्युनिष्ट पार्टी विभाजन नहुन् भन्ने चाहन्छ। चिनियाँ राजदूत यान्छी अहिले फेरि नेपालका कम्युनिष्ट पार्टीहरुलाई एक बनाउन सक्रिय भएकी छन्। उनले शीर्ष नेताहरुलाई भेटेर चीनको सन्देश प्रवाह गरिरहेकी छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...