News Portal

प्रदेश २ को नाम मधेश, जनक कि मिथिला ?

हिमालीसंचार संवाददाता
३१२ पटक

जनकपुरधाम। प्रदेश २ को नामांकन हुने भएको छ। यसबारे प्रदेश सभाको बैठकमा विभिन्न नाम प्रस्ताव भएको छ। जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्र मधेश नाममा सहमत भएका छन्।

तीनवटै दलका प्रदेश सभा सांसदहरुबाट मधेश नाम प्रस्ताव भएको छ। तर, तीन दलको सांसद संख्या जोड्दा पनि दुई तिहाई नपुग्ने भएकाले प्रदेशको नाम टुंगो लाग्ने सुनिश्चित भएको छैन। प्रदेश २ मा कुल १०४ सांसद छन्। दुई तिहाई पुग्न ७० सांसदको समर्थन चाहिन्छ।

जसपासहित मुख्य चार दल मिलेमा मात्र दुई तिहाई पुग्छ। जसपाले नचाहेमा बाँकी दल एक हुँदा पनि दुई तिहाई पुग्दैन। प्रदेश २ को नामांकन गर्न चार पटक प्रयास भएपनि दुई तिहाई पुगेको छैन। यसपटक पनि पुग्ने सम्भावना कम छ। मिथिला र जनक नाम जसपा र लोसपाबाहेकका दलहरुबाट आइरहेका छन्।

नेकपा एमालेले जनक नाम प्रस्ताव गर्ने भएको छ। काँग्रेसले मिथिला शब्द मिलाउनुपर्ने भन्दै आएको छ। प्रदेश सभामा सबैभन्दा बढी सांसद जसपाको छ। दोस्रोमा नेपाली काँग्रेस, तेस्रोमा लोसपा र चौंथोमा नेकपा एकीकृत समाजवादी पार्टी छ। नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुवै समान पाचौंमा छन्।

कस्को कति सांसद !
जसपा – ३९
नेपाली काँग्रेस – १९
लोसपा – १६
नेकपा एस – १३
नेकपा एमाले – ८
नेकपा माओवादी केन्द्र – ८
नेपाल संघीय समाजवादी पार्टी – १

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...