
काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले संयोजक मिलन पाण्डेलाई पार्टीको साधारण सदस्यबाट निष्कासित गरेका छन् । मिश्रले पार्टी विधान र केन्द्रीय समिति निर्णयहरु विपरित गतिविधि गरेर पार्टीलाई गम्भीर क्षति पुर्याउने काम लगातार गरेको आरोप लगाएका छन् ।
‘विवेकशील साझा पार्टीको संयोजकको जिम्मेवारीमा रहेका तपाईंले पार्टीलाई गम्भीर क्षति पुर्याउने गरी बदनियतपूर्वक पार्टी विधान र केन्द्रीय समितिका निर्णयहरू विपरीतको गतिविधि लगातार जारी राखेको तथा केन्द्रीय समितिको बैठकमा निरन्तर अनुपस्थित भएकोमा मिति २०७८ मंसिर २८ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकको निर्णयअनुसार तपाईंसँग पुस ४ गतेसम्मको समय दिएर लिखित स्पष्टिकरण (च. सं. ५०१) माग गरिएको विदितै छ, ‘पाण्डेमाथि गरिएको कारबाहीमा भनिएको छ, ‘पार्टीले दिएको उक्त समय सीमाभन्दा एक दिन ढिलो गरी सञ्चारमाध्यम समेतबाट सार्वजनिक तपाईंको स्पष्टिकरणमा तपाईंसँग सोधिएका प्रश्नको यथार्थ, तथ्यपरक र चित्तबुझ्दो जवाफ नआएको केन्द्रीय कार्य सम्पादन समितिको ठहर छ।’
गत साउनमा मिश्रले संघीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद रहँदै आएको थियो ।
मिश्रले बरु उल्टै पार्टीका निर्णय र नेतृत्वप्रति अनर्गल र भ्रमपूर्ण टिप्पणीसहित निकृष्ट व्यक्तिगत आरोप लगाउने कार्य जारी राखेको र समानान्तर समिति नै घोषणा गरेको देखिने बताएका छन् ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
