News Portal

हङकङको संसदीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवार विजयी

हिमालीसंचार संवाददाता
३१६ पटक

युवा राई/हङकङ – हङकङमा भएको संसदीय परिषद् लेगको निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवारले जित हात पारेका छन्। अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको निर्वाचनमा हङकङको स्वतन्त्रताप्रति केही झुकाव राख्ने उम्मेदवार पराजित भएका हुन्।

हङकङमा अहिलेसम्म हासिल भएको नतिजाले निर्वाचनमा सबैजसो बेइजिङ समर्थक उम्मेदवारले जित हात पार्न सक्ने देखाएको छ। बेइजिङ समर्थक गठबन्धनका नेता स्टारी लीले अहिले भएको निर्वाचनले हङकङको शासन प्रणालीमा सुधार हुने बताएका छन्।

उनका अनुसार “निकै कम मानिसले मात्र मतदान गर्नुले मानिसहरु निर्वाचन प्रणालीमा सहमत छैनन् भन्ने नदेखाउने बताए। हङकङमा मानिसहरुलाई अहिले ल्याइएको नयाँ प्रणालीलाई स्वीकार गर्न केही समय लाग्नेछ। 

हङकङमा चीनको देशभक्तको सूचीमा परेका मानिसहरुले मात्र निर्वाचनमा उठ्न पाउनेछन्। यो कानुनको केही नेता, अन्तर्राष्ट्रिय मुलुक र अधिकारवादी समूहले विरोध गर्दै आएका छन्।

हङकङको स्वतन्त्रता पक्षधर पार्टीले यो निर्वाचनमा सहभागिता जनाएको थिएन। उसले यो निर्वाचनमा कुनै पनि उम्मेदवार नपठाउने र यो निर्वाचन गैर–प्रजातान्त्रिक रहेको बताएको थिए । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...