News Portal

  • हङकङको संसदीय परिषद्को निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवार विजयी

    हिमालीसंचार संवाददाता
    २३१ पटक

    युवा राई/हङकङ – हङकङमा भएको संसदीय परिषद् लेगको निर्वाचनमा बेइजिङ समर्थक उम्मेदवारले जित हात पारेका छन्। अहिलेसम्मकै सबैभन्दा कम मतदान भएको निर्वाचनमा हङकङको स्वतन्त्रताप्रति केही झुकाव राख्ने उम्मेदवार पराजित भएका हुन्।

    हङकङमा अहिलेसम्म हासिल भएको नतिजाले निर्वाचनमा सबैजसो बेइजिङ समर्थक उम्मेदवारले जित हात पार्न सक्ने देखाएको छ। बेइजिङ समर्थक गठबन्धनका नेता स्टारी लीले अहिले भएको निर्वाचनले हङकङको शासन प्रणालीमा सुधार हुने बताएका छन्।

    उनका अनुसार “निकै कम मानिसले मात्र मतदान गर्नुले मानिसहरु निर्वाचन प्रणालीमा सहमत छैनन् भन्ने नदेखाउने बताए। हङकङमा मानिसहरुलाई अहिले ल्याइएको नयाँ प्रणालीलाई स्वीकार गर्न केही समय लाग्नेछ। 

    हङकङमा चीनको देशभक्तको सूचीमा परेका मानिसहरुले मात्र निर्वाचनमा उठ्न पाउनेछन्। यो कानुनको केही नेता, अन्तर्राष्ट्रिय मुलुक र अधिकारवादी समूहले विरोध गर्दै आएका छन्।

    हङकङको स्वतन्त्रता पक्षधर पार्टीले यो निर्वाचनमा सहभागिता जनाएको थिएन। उसले यो निर्वाचनमा कुनै पनि उम्मेदवार नपठाउने र यो निर्वाचन गैर–प्रजातान्त्रिक रहेको बताएको थिए । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...