News Portal

  • दशैंको मुखमा महंगियो तरकारी, १ महिनामै ७२ प्रतिशतसम्म मुल्यवृद्धि

    ५०४ पटक

    रोयल आचार्य
    काठमाडौं – सरकारले विचौलियाको जालो तोड्न नसक्दा दशैंको मुखमा तरकारी महंगिएको छ । केही दिनयता धेरै तरकारीको भाउ उकालो लागेको छ ।

    विचौलियाको राज समाप्त पार्ने भन्दै केही दिनअघि कृषिमन्त्री चक्रपाणि खनाल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव आफैं बजार अनुगमनमा निस्केका थिए । उनीहरुले उपभोक्ताको पक्षमा चर्का भाषण पनि गरे ।

    तर, तरकारी बजारको विकृति ज्यूँका त्यूँ छ । अहिले पनि ६ तहका विचौलिया पार नगरी उपभोक्ताको भान्सासम्म तरकारी पुग्दैन ।

    केमा कति बढ्यो ?

    गत भदौ १६ गते र असोज १६ गतेको बजार तुलना गर्दा धेरैको मूल्य बढेको पाइयो । कुनै तरकारीको मूल्य ७२ प्रतिशतसम्म वृद्धि भएको छ ।
    कालीमाटी फलफूल तथा तरकारी बजार बिकास समितिले भदौ १६ गते गोलभेँडा सानो प्रतिकेजी ५५ रुपैयाँ तोकेको थियो । तर, यही गोलभेडा असोज १६ मा आइपुग्दा ६५ रुपैयाँ पुगेको छ । त्यतिबेला प्रतिकेजी २ सय ५ रुपैयाँ रहेकोे हरियो लसुन अहिले महंगिएर २ सय ९५ रुपैयाँमा उक्लेको छ ।

    यस्तै, रातो आलु प्रतिकेजी ५८ रुपैयाँबाट ६८ रुपैयाँ, बोडी ६५ बाट ९५ रुपैयाँ, तितो करेला ५५ बाट ९५ रुपैयाँ, घिरौला ४५ रुपैयाँ ५५ पुगेको छ ।

    तरकारी मात्र नभएर फलफूलको मूल्य पनि बढेको छ । भूइकटहरको मूल्य १०५ रुपैयाँबाट ११५ रुपैयाँ र तरबुजा ५५ रुपैयाँबाट ६५ रुपैयाँ कायम भएको छ ।

    अन्य धेरै तरकारीको मूल्य बढेको छ । यद्यपि, गाजर, बन्दा, काउली लगायतका तरकारीको मूल्यमा केही कमी आएको पाइएको छ । यसैगरी, मूला, भन्टा, घिउ सिमी, भटमास कोशालगायतका केही तरकारीहरुको मूल्य स्थिर छ ।

    दशै नजिकिँदै गर्दा तरकारी तथा फलफूलमा कालोबजारी हुने विगतको तितो अनुभव छ । कडा अनुगमन गरेर मूल्यवृद्धि रोक्ने सरकारी दाबी भने गफमै सिमित छ ।

    सिण्डिकेट ज्यूँका त्यूँ

    तरकारीमा रहेको विचौलियाको सिण्डिकेट भत्काउने मन्त्रीद्वयले घोषणा गरेका थिए । तर कालिमाटी फलफूल तथा तरकारी बजारमा विचौलियाको एकाधिकार अहिले पनि उस्तै छ ।

    विचौलियालाई समाप्त नपारेसम्म तरकारी बजार उपभोक्तामैत्री हुन नसक्ने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए । ‘किसानको प्रत्यक्ष पहुँच उपभोक्तासम्म पुर्‍याउन सके मात्र तरकारीको मूल्य सस्तो हुन्छ र किसानलाई पनि फाइदा हुन्छ,’ उनले भने ।

    अहिले तरकारीको मूल्यवृद्धि अस्वाभाविक भएको महर्जन बताउँछन् । उनी भन्छन्, ‘दशैमा धेरै माछामासुको उपभोग गरिन्छ । तरकारीको मूल्य त होइन घट्नुपर्ने हो ।’

    दशैंमा अझै धेरै मूल्य बढ्न सक्ने उपभोक्ताको आशंका छ ।

    मूल्य बढ्ने सिजन नै हो : व्यवसायी

    नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघ खोमप्रसाद घिमिरेले भने अहिले तरकारीको मूल्य बढ्ने सिजन भएको दाबी गरे । तराईमा यतिबेला तरकारी कम उत्पादन हुने तथा वर्षातका कारण उत्पादनमा ह्रास आएकाले मूल्य वृद्धि भएको उनको भनाइ छ ।

    ‘यसपाली धेरै वर्षात भयो जसका कारण लहरेबालीहरु बोडी, काउली, बन्दा लगायतमा क्षति पुग्यो’ उनले भने, ‘यसले पनि मूल्यलाई माथि धकेलेको हो ।’

    दशैका बेला भने मूल्य नबढ्ने अध्यक्ष घिमिरेको दाबी छ । दशैंमा अधिकांश उपत्यकावासी गाउँतिर जाने भएकाले पनि तरकारीको मूल्य नबढ्ने उनी बताउँछन् । ‘किन्ने ग्राहक नै नभएपछि कसरी मूल्य बढ्छ ?’ उनले प्रश्न गरे ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    सुधन गुरुङको चेतावनी: ‘माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं

    काठमाडौँ, कार्तिक २७ — “हाम्रो माग पूरा नभएसम्म चुनाव हुन दिन्नौं,” नेपालका संस्थापक भनेर चिनिने...

    प्रचण्डलाई भावुक पत्र लेख्दै प्रकाश चन्द्र पाण्डेले नेकपा छाडे

    काठमाडौँ, कार्तिक २७ — नेकपा (माओवादी केन्द्र) का उपत्यका विशेष प्रदेश उपाध्यक्ष प्रकाश चन्द्र पाण्डे...

    १३२/३३ केभी केरौन सब–स्टेशनको निर्माण कार्य अन्तिम चरणमा

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – मोरङको कानेपोखरी गाउँपालिका–२, केरौन बजार नजिक निर्माण भइरहेको १३२/३३ केभी सब–स्टेशनको...

    रंगेलीमा लागुऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

    रविन्द्र बराल/मोरङ, कार्तिक २७ – नेपाल औषधि व्यवसायी संघ मोरङ जिल्ला शाखाले लागुऔषध विषयमा छलफल तथा...

    आज २०८२ साल कार्तिक २७ गतेको राशिफल

    आज कार्तिक २७, २०८२ (नोभेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...