News Portal

नेपाली समाज हङकङको प्रथम अधिवेशन सम्पन्न, डा. भट्टराईद्वारा भर्चुअल मार्फत शुभकामना व्यक्त

हिमालीसंचार संवाददाता
३०० पटक

युवा राई/हङकङ – संघीय समाजवादी पाटी र नयॉं शक्ति पाटी एकिकृत भएपछि दुई पाटी निकट राजनैतिक संगठन विदेश विभाग अन्तरगत हङकङ स्थित नेपाली समाज र समावेशी नेपाली समाज मिलेर बनेको नेपाली समाज हङकङको प्रथम अधिवेशन जोर्डन स्थित चुमलुंग हिममा हिजो शनिबार साँझ सम्पन्न भयो।

आयोजित कार्यक्रमलाई अनलाईन जुम मार्फत जनता समाजवादी पाटीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमंत्री डा. बाबुराम भट्टराईले प्रमुख अतिथिको रुपमा अधिवेशनलाई शुभकामना दिएका थिए । डा. भट्टराईले पाटीले अंगीकार गरेका प्रमुख चार नीति संघियता, सुशासन, समृद्धि र समाजवादको अर्थ र औचित्यका विषयमा स्पष्ट पारेका थिए। 

अधिवेशनको उद्घाटन समारोहमा राजनैतिक दलका हङकङ स्थित भातृ संगठनहरुको तर्फवाट जनसम्पर्क समितिका अध्यक्ष काजीमान गुरुङ, प्रवासी नेपाली मञ्चका कार्यवाहक अध्यक्ष दलहांग नेम्वाङ, जन प्रगतिशिल मञ्चका अध्यक्ष दुर्गा बहादुर गुरुङ र प्रवासी नेपाली एकता समाजका अध्यक्ष ईश्वर विक्रम शाहले अधिवेशन सफलताको शुभकामना  दिएका थिए। 

नेपाली समाजका अध्यक्ष इन्द्र वनेमले उद्घाटन समारोह समापन गर्दै हेजेन राईको अध्यक्षतामा अध्यक्ष समिति गठन भएको घोषणा गरेका थिए । कार्यक्रमको बन्द सत्रले ईन्द्र वनेमकै अध्यक्षतामा नयॉं कार्य समिति समेत गठन गरेको थियो । 

नेपाली समाज हङकङको नयाँ कार्यसमितिका अध्यक्षमा ईन्द्र वनेम, उपाध्यक्ष श्याम इङ्नाम, उपाध्यक्ष चन्द्रका राई,  सचिव बिश्वनाथ घिसिङ, कोषाध्याक्ष भवेश घिसिङ र सदस्यहरुमा 

६.सम्शेर तुम्वाहाङ्फे शरण सुब्बा, प्रदिप किरावा, देबमान लिम्बु (मिडिया), हिम सिङ्गका, ओम गुरुङ, जुनु दिब्या राना, प्रदिप कन्दन्वा, राम लि राई, दिलिप तामाङ, दुर्गा प्रसाद तामाङ, लोकेन्द्र परियार, राजु बराईली, अमोद राई, बिरेन्द्र काजी गुरुङ, माया देबी राई, रुद्र फोम्बो, मनि राज लिम्बु, बिष्णु पाखृन, ईन्द्र सिं राई, पिटर गुरुङ, शिब कुमार पुन, उर्मिला घले, सुर्यमान राई, ज्ञान बहादुर राई, दक्ष लिम्बु, सुमन वनेम र गजेन्द्र राई रहेका छन् ।

त्यस्तै, आयोजित कार्यक्रममा सल्लाहकार डा. चुरा थापा, नेपाल च्याम्वर अफ कमर्सका अध्यक्ष डासुराम पराजुली, उपाध्यक्ष लव कुमार गुरुङ लगायतका मानुभावहरुको समेत उपस्थिति रहेको कार्यक्रमको संचालन सचिव मनोज गौतमले संचालन गरेका थिए। 

फोटो फिचरः 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...