News Portal

फटाहा ओलीले प्रचण्डमाथि लगाएको आरोप झुट हो राजासंग कुनै सम्झौता भएको छैन्ः डा. सुन्दरमणि दीक्षित

हिमालीसंचार संवाददाता
२९८ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’माथि केपी शर्मा ओलीले लगाएको आरोप झुटो भएको भएको बताएका छन् ।नेपाली राजनीतिलाई विगत लामो समयदेखि बुझेका राजनीतिक विश्लेषक डा. सुन्दरमणि दिक्षितका अनुसार एमाले अध्यक्ष ओलीले प्रचण्डमाथि लगाएको आरोपमा कुनै सत्यता नभएको बताएका हुन्।

ओलीले एक सार्वजिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पुर्वराजा ज्ञानेन्द्र शाहासंग लयविस २०६० सालमा ५ बुदे सहमति गरेको भनि गम्भिर आरोप लगाएका थिए। माओवादी केन्द्रका अध्यक्षले पनि उत्त आरोप झुट भएको बताएका थिए। आफुले राजा ज्ञानेन्द्रसंग सम्झौता गरेको पुष्टि गर्न चुनौति दिएका थिए। प्रचण्डको विज्ञप्ति पछि केपी आलीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। 

सोही प्रसंग जोड्दै डा. दिक्षितले भनेका छन् “ ओली सरासर झुट बोल्ने र आफु लोकप्रीय हुन आफ्ना जस्तो झुचबोल्न र झपटो आरोप लगाउनमा माहीर छन् । यदी प्रचण्डले पुर्वराजा संग त्यस्तो सम्झौता गरेको भए त्यति बेला नै ओली लगायतका नेता तथा राजनीतिक दलहरु तितरविर हुन्थे। त्यति बेला नै ओलीहरुको अस्तित्व समाप्त भैइ सकेको हुने थियो”। उनले अगाडी भनेका छन् “पुर्वराजाले कू गर्नुभन्दा पहिले माओवादीसंग सम्झौता गर्न खोजेको हो तर त्यो त्यति बेला सम्भव पनि त थिएन, त्यति वेला कुनै सम्झौता भएको भए कू गर्दैन थिए।”

केपी ओलीले आफुलाई कमजोर र अब प्रचण्डसंग राजनतिक प्रतिस्पर्धा गर्न नसकिने देखेपछि झुट आरोप लगाएर कमजोर पार्न खोजेको कतिपयले टिप्पणि गर्न थालेका छन् । अर्को तर्फ मदन भण्डारी हत्याका मुख्य योजनाकार केपी ओली भएकाले प्रचण्ड राजनीतिक हिसाबले बलिया भएपछि उत्त फाइल खोलिदिने डरले विभिन्न झुटा आरोप लगाउदै प्रचण्डलाई कमजोर बनाउन खोजेको भनि टिप्पणि गर्न थालेका छन् । 

एमाले अध्यक्ष ओली बेलाबेलामा यस्तै झुटा मित्थ्या आरोपहरु आफ्ना प्रतिस्पर्धीहरुलाई लगाउँदै आईरहेका चलाख नेता हुन्। 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...