News Portal

काङ्ग्रेस नेता रविप्रकाशले गरे केन्द्रिय सदस्यमा उम्मेद्वारी दर्ता

हिमालीसंचार संवाददाता
२३३ पटक

काठमाडौं -नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले आदिवासी जनजाति तर्फ केन्द्रिय सदस्य पदमा उम्मेद्वारी दर्ता गराएका छन। आज सम्पन्न १४ औं महाधिवेशनको मनोनयन दर्ताका क्रममा नेता राईले उम्मेद्वारी दर्ता गराएका हुन।

युवा नेता राईको प्रस्तावकको रुपमा उदयपुर जिल्लाका नवनिर्वाचित काङ्ग्रेस सभापती एवं भौतिक तथा पुर्वाधार विकास मन्त्री हिमाल कार्की तथा समर्थकको रुपमा नेपाली काङ्ग्रेस प्रदेश नं १ का नवनिर्वाचित प्रदेश सदस्य एवं तरुण दल सुनसरीका जिल्ला सभापती सिजन गुरुङ रहेका छन।

युवा नेता रविप्रकाशले, नेपाली काङ्ग्रेसमा आफ्नो र भावी पुस्ताको प्रतिनिधित्व र पुस्ता समन्वयको महत्वका लागी केन्द्रिय सदस्य पदमा उम्मेद्वारी रहेको बताएका छन।

साथै, उनले जनस्तर र जनमनमा विराजमान काङ्ग्रेसको छवी व्युताउनका निम्ती र संगठन निर्माणमा विश्वास राख्ने सुदृढ र सबल काङ्ग्रेस निर्माण गर्नका लागि पनि केन्द्रिय सदस्य पदमा आफ्नो उम्मेद्वारी रहेको जानकारी दिए।

लामो समय वेलायतमा रहि प्रवासका विभिन्न जनसम्पर्क समितीहरुमा संगठन विस्तार गरि स्वदेश फर्किएका नेता राई जिल्लामा संगठन निर्माण गर्न सक्ने नेताका रुपमा चिनिन्छन। युवाहरु माझ प्रिय छवि बनाएक राई २०७० सालको संविधान सभा सदस्यका उम्मेद्वार समेत थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...