News Portal

नेपाली कांग्रेस महाधिवेशनमा देखिएका रोचक दृष्य

प्रचण्डले सोधे: नेता चोर नै हो त?, कांग्रेस कार्यकर्ताले भने : हो, हो

हिमालीसंचार संवाददाता
३७६ पटक

काठमाडौं – नेपाली कांग्रेसको चौधौं महाधिवेशनको सबैभन्दा रोचक दृश्य आपसी शत्रुता पालेर बसेका तीन कम्युनिष्ट पार्टीका तीन नेता एकै मञ्चमा देखिएका थिए।

एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड विस २०७७ पुस ५ पछि पहिलो पटक एकै ठाउँमा देखिएका हुन्। त्यस्तै, एमाले फुटाएर समाजवादी पाटी बनाएका माधव नेपाल र ओलीबीच गत असार २३ यता पहिलो पटक मञ्च सेयर गरेका हुन्। 

महाधिवेशन कांग्रेसको थियो तर कम्युनिष्टले यसलाई एकअर्कामा हिलो छ्यापाछ्यापका लागि उपयोग गरेका थिए। कांग्रेसको मञ्चलाई राजावादी पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले राजाको पक्षमा वकालत समेत गरेका थिए। उनैले जनताले नेतालाई गाउँघरमा चोर भन्न थालेको बताउँदै प्रचण्ड र ओलीको चित्त दुख्यो।

प्रचण्डले भनेः साँच्चिकै जनताले नेतालाई चोर भन्छन् त भनेर कांग्रेस कार्यकर्ताले हो हो भनेर हुटिङ गरे। तर प्रचण्ड भने कांग्रेस कार्यकर्ताको चर्को आवाजबीच होइन होइन भनिरहे। 

उता ओलीसँग संवाद गर्नुपर्ने बाध्यता टार्न कार्यक्रमको बीचमै माधव नेपाल उठेर हिँडे। नेपाल त गए तर प्रचण्ड र ओलीबीच त्यही मञ्चमा कांग्रेस सभापति शेरबहादुर देउवालाई साक्षी राखेर मुस्कानसहित भलाकुसारी पनि भयो। 

महाधिवेशनका रोचक दृश्य

महाधिवेशन उद्घाटनस्थलमा आयोजक कांग्रेसका सभापति शेरबहादुर देउवाभन्दा पहिला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुर र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव पुगेका थिए।

कार्यक्रममा निम्त्याइएका अतिथिमध्ये सबैभन्दा अन्तिममा प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पुगेका थिए। उनी नमस्कार गर्दै मञ्चमा उक्लिए। तर ओली देखेपछि सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’ले टाउको बटारे। 

उता नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल चाहिँ पूर्व सहकर्मी ओली कुर्सीमा नबस्दासम्म भुइँतिर टोलाएर हेरिरहेका थिए। 

सबैभन्दा ढिला आएका ओलीलाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कुर्सी छोडिदिए। उनले कुर्सी छोडेपछि ओली सभापति देउवाको बायाँ र पौडेलको दायाँ परेर बीचमा बसेका थिए। 

शुभकामना मन्तव्यका क्रममा भारतीय जनता पार्टीका नेता हर्षवर्द्धन र नेकपा मालेका महासचिव सीपी मैनालीले लामो भाषण गरेपछि कार्यक्रम सञ्चालक प्रवक्ता विश्वप्रकाश शर्माले चिट नै दिनुपर्यो। हर्षवर्द्धनले यति धेरै पूर्वप्रधानमन्त्रीहरु एउटै मञ्चमा आफूले कहिल्यै नदेखेको भन्दै चकित हुने अभिव्यक्ति दिएका थिए। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेतालाई जनताले चोर भन्न थालेको बताउँदा दर्शकदीर्घामा ताली बज्यो। तर, पूर्वप्रधानमन्त्रीत्रय प्रचण्ड, नेपाल र ओलीले नेतालाई चोर कसैले नभनेको दाबी गर्दा पनि दर्शकदीर्घामा अघिकै जसरी ताली बज्यो।

कार्यक्रममा सबैभन्दा छोटो भाषण राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले गरेका थिईन्। सबैभन्दा लामो भाषण कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...