News Portal

प्रदेश नं. १ मा सहमति जुट्न नसके अध्यक्षमा उम्मेदवारी रहन्छ : सुदन किराती

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश नं. १ अधिवेशनमा केन्द्रीय सदस्य तथा संघीय सांसद सुदन किरातीले आफ्नो पनि उम्मेदवारी रहनसक्ने संकेत गरेका छन् ।

प्रदेश नं. १ को पार्टी नेतृत्वका आकांक्षीहरुबीच सहमति जुट्न नसके बलियो पार्टी निर्माण गरी देश र जनताको सेवा गर्ने संकल्पसहित अध्यक्षमा उम्मेदवारी रहन सक्ने किरातीले संकेत गरेका हुन् ।

पार्टी भित्र व्यापक धमिरा प्रबृति फष्टाएको भन्दै त्यो प्रबृतिको भण्डाफोर गर्नु पर्ने बेला भएको किरातीको भनाई थियो । उनले ‘समिक्षा र आत्मसमिक्षा नगर्ने, पार्टी निर्माणको संकल्प नगर्ने, आत्मकेन्द्रीत व्यक्तिवादी प्रवृति देखा परिरहेको अबस्थामा अध्यक्षमा मेरो उम्मेदवारी स्वभाबिक रहनेछ।’

किरातीले थप भनेः ‘पार्टी भित्र सर्टिफिकेट देखाएर धमिराले काठ खाए झै पार्टीलाई खाने प्रबृतिलाई परास्त गर्नु नै अहिलेको नेतृत्वको अगाडी मुख्य चुनौती हो।’ पार्टी निर्माणको संकल्प नगर्ने हो भने पुरानै प्रवृत्तिले पार्टी चलाउछु भन्ने हो भने यस खालको नेतृत्व अवको माओवादी पार्टीमा कार्यकर्ताले स्वीकार गर्न नसक्ने किरातीको जोड रहेको थियो ।

नेकपा माओवादी केन्द्रले देशका सबै प्रदेशमा आगामी २५ गतेदेखि एकसाथ अधिवेशन सम्पन्न गर्दैछ । प्रदेश नं. १ मा हालसम्म पार्टी अध्यक्षका लागि सुरेसकुमार राई, ईन्द्र आङबो र हेमराज भण्डारीको चर्चा रहेको छ ।

प्रतिकृया दिनुहोस्

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...

हर्क साम्पाङद्वारा गृहमन्त्री सुदन गुरुङलाई सार्वजनिक सन्देश, दुई मुद्दामा स्पष्टता माग

  काठमाडौं – सामाजिक सञ्जालमार्फत  लक्षित गर्दै सार्वजनिक सन्देश दिएका छन्। उनले गृहमन्त्री गुरुङलाई बधाई...