News Portal

तेश्रो दिनपछि लिङदेनलाई मिश्रको बधाई, ‘विकृत वामवाद’ को चाल चिर्न भूमिका खेल्न सुझाब

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं– विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङदेनलाई तीनपछि बधाई दिएका छन् । मिश्रको बधाई सन्देशमा लिङदेनको विजयले विदेशी तथा विकृत वामवादको चाल चिर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा व्यक्त गरिएको छ ।

अध्यक्षमा लिङदेन विजयी भएको तेस्रो दिन मिश्रले सामाजिक सञ्जालमार्फत सैद्धान्तिक लेपनसहितको बधाई सन्देश दिएका हुन् । सन्देशमा उनले अर्थराजनीतिकरूपमा नेपाललाई ‘कल्याणकारी’ नरम वामपन्थी एजेण्डा चाहिएको बताएका छन् ।

‘तर, राजनीतिक-सामाजिकरूपमा नेपाल मूलतः नरम परम्परावादी समाज हो । त्यसलाई अस्वीकार गरेर समाज रुपान्तरण गर्न सकिँदैन,’ सन्देशमा भनिएको छ ।

मिश्रले थप  लेख्छन्, ‘विषाक्त भाष्य निर्माण गरेर नरम परम्परावादी समाजलाई विथोल्ने र त्यसमा विग्रह लेराउने विदेशी तथा विकृत वामवादको चाल चिर्न तपाईंको विजयले महत्वपूर्ण भूमिका खेल्नेछ।’भनेका छन्। 

 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...