News Portal

प्रदेश-१ को नाम राख्न मुख्यमन्त्री राईलाई माधव नेपालको सुझाव

हिमालीसंचार संवाददाता
३०१ पटक

अविन माबो/झापा – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई नेकपा एकीकृत समाजवादी पाटीका सचिव हुन्। नेकपा एमाले विभाजन हुनुपूर्व उनी एमालेका ‘हाइप्रोफाइल’ सांसद थिएनन् । एमालेभित्रको विवादका क्रममा माधव नेपाल निकट नेता भीम आचार्यले प्रदेश-१ मा पाटीको अगुवाई गरेका थिए।  तर, पार्टी विभाजन हुँदा आचार्यले नेकपा एमाले नै रोजेपछि राईले नेतृत्वको मौका पाए।

केन्द्रमा भएको पाँच दलीय गठबन्धनको सहमतिअनुसार प्रदेश-१ नेकपा (एस)ले सरकारको नेतृत्व गर्ने अवसर पायो। त्यही सहमतिअनुसार राई मुख्यमन्त्री भए।  राईले मुख्यमन्त्री हुनु केही दिनअघि आफ्नो पहिलो दायित्व बेनामे प्रदेशको नाम दिनु बताएका थिए।  मुख्यमन्त्री भएको एक महिना बितिसक्दा पनि प्रदेशको नामको विषयमा कुनै चर्चा भएको छैन। 

गत सोमबार उनका पार्टीका अध्यक्ष माधवकुमार नेपालले चाँडै प्रदेशको नाम राख्न सुझाव दिए।  एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापामा नेकपा (एस) निकट नेपाल खेलकुद महासंघ समाजवादी प्रदेश समितिले आयोजना गरेको भेला कार्यक्रममा उनले राईलाई तत्काल प्रदेशको नाम राख्न सुझाव दिएका थिए।  ‘प्रदेश-१ र प्रदेश-२ को नाम राख्न बाँकी छ।  यो प्रदेशको नाम पनि चाँडै राख्नुस् है,’ राईतिर हेर्दै अध्यक्ष नेपालले भने, ‘यसमा कुनै विवाद गर्नुपर्ने जरुरी छैन।  सबै प्रदेशले नाम राखिसकेका छन्।  यो प्रदेशको नाम नै छैन।  प्रदेश पछाडि परिसकेको छ। ’ 

उनले एमालेले प्रदेशको नाम राख्न नसकेको बताउँदै राईलाई नाम राख्न आग्रह गरे। ‘पुरानाले राख्न सकेनन्।  अब तपाईं राख्नुस्,’ उनले भने, ‘नाम अघि बढाउँदा सबैको भावनालाई समेट्नुपर्‍यो। संकृणताबाट मुक्त हुनपर्‍यो। सिंगो देशलाई राम्रो सन्देश दिनुस्। अरू प्रदेशले दिएको जस्तै। ’ उनले पहिलाका सरकारले गर्न नसकेका काम गर्न र पुराना सरकारले गरेका नराम्रा काम नदोहोर्‍याउन सुझाव दिए।  ‘राम्रो काम गरेर शीर ठाडो पार्ने काममा भूमिका खेल्नुस्,’ उनले भने, ‘खेलाडी, सुकुम्बासी, महिला अधिकार, गरिब र सबैका लागि काम गर्नुस्।  प्रदेश सरकारले पाएको अधिकारको भित्र रहेर काम गर्नुस्। ’

राईले राख्न सक्लान् त प्रदेशको नाम ?

अध्यक्ष नेपालले आफ्नो पार्टीका सचिवसमेत रहेका राईलाई प्रदेशको नाम राख्न सुझाव दिएका हुन् ।  तर, गठबन्धन गरेर चलेको यो सरकारका लागि प्रदेशको नाम राख्नु फलामको चिउरा चपाउनुजस्तै हो।  गठबन्धनमा रहेको दलसँग संसदमा ५० सिट छ।  जुन सरकार बनाउन पर्याप्त भए पनि प्रदेशको नाम राख्न पर्याप्त हैन। 

एमालेविना प्रदेश-१ मा अहिलेको संसद्बाट प्रदेशको नाम राख्ने परिकल्पना गर्न सकिँदैन।  प्रदेशको नाम राख्न संसद्मा दुई तिहाई बहुमत चाहिन्छ।  ४१ सांसद रहेको प्रदेश-१ को ठूलो दल एमालेले साथ नदिएसम्म पाँच दलीय गठबन्धनले मात्र प्रदेशको नाम राख्ने सम्भावना छैन। एमालेले पनि प्रदेशको नामका लागि राईलाई सहयोग गर्ने अवस्था देखिदैन। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...