News Portal

‘गीता छोएर पार्टी नफुटाउने कसम खाएका’ कमल थापा नयाँ दल खोल्ने तयारीमा

हिमालीसंचार संवाददाता
२६४ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले हिन्दुहरुको पवित्र धर्मग्रन्थ भागवत गीता छोएर पार्टी अब नफुटाउने कसम खाएका थिए ।

उनीसहित निवर्तमान अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीले पनि त्यसरी नै कसम खाएका थिए । आफूहरुले कसम खाएको विषय थापाले राप्रपाको महाधिवेशनको बेलामा पनि उल्लेख गरेका थिए ।

थापाले महाधिवेशन उद्घाटनमा भनेका थिए,‘हामीले गीता छोएर पार्टी नफुटाउने कसम खाएका छौं, हामी पार्टी फुट्न दिदैनौं ।’ तर, एकता महाधिवेशनमा अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले त्यसलाई सहज रुपमा स्वीकार्न सकेका छैनन् ।

थापाले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि पार्टीमा खेलेको आरोप लगाए । उनले आफ्नो हारको कारण पूर्व राजा शाह भएको आरोप लगाए । यतिमात्र नभई नयाँ अध्यक्षसहितको पदाधिकारी र केन्द्रीय कमिटीको सपथमा सहभागी भएनन् ।

अहिले थापा प्यानलबाट विजयीमध्ये कतिपयले लिङ्देनलाई सहज रुपमा स्वीकार्न सकेका छैनन् । आफूभन्दा उमेरले निकै कान्छा र राजनीतिक रुपमा पछि आएका लिङ्देनको नेतृत्व धेरैका लागि असहज बनेको छ । थापाले आफ्नो नयाँ टिम बनाएर अर्को दल खोल्ने तयारी बढाएका छन् । यसका लागि छलफल बढाएको बुझिएको छ ।

कमल थापानिकट एक पदाधिकारीका अनुसार नयाँ दल खोल्ने गृहकार्य भइसकेको छ । ती नेताले लिङ्देनलाई नेता मान्न सक्ने अवस्था नभएको समेत बताए । उनले भने,‘अब नयाँ पार्टीको सोचमा बढ्ने अवस्था छ ।’

राप्रपाको पदाधिकारी र केन्द्रीय कमिटीमा थापाको बहुमत छ । तर, थापाको हारसँगै कतिपय पदाधिकारी र केन्द्रीय सदस्यले लिङ्देनसँग निकटता बनाइसकेका छन् । यसकारण पनि थापा छिट्टै नयाँ निर्णयमा पुग्ने बुझिएको छ । अब उनले राजसंस्थाको मुद्दा त्याग्ने र हिन्दुराष्ट्रको मात्र मुद्दा उठाउने तयारी गरेको बुझिएको छ 

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...