News Portal

नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य एमाले प्रवेश

हिमालीसंचार संवाददाता
३१४ पटक

खोटाङ – खोटाङ जिल्लाको केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा नेपाली कांग्रेसबाट निर्वाचित वडासदस्य देउमान राई एमाले प्रवेश गरेका छन् । बुधबार एमालेले खार्ताम्छामा आयोजना गरेको पार्टी प्रवेश तथा कार्यकर्ता भेटघाट कार्यक्रममा वडासदस्य सहित विभिन्न पार्टी परित्याग गरी १८ जना युवाहरु एमाले प्रवेश गरेका हुन् । नवप्रवेशीलाई एमाले जिल्ला कमिटि सदस्य एवम् केपिलासगढी गाउँपालिकाका अध्यक्ष कृष्णकुमार राईले खादा अबिर लगाएर स्वागत गरेका थिए।

नेपाली कांग्रेसका क्रियासिल सदस्य एवं पुर्व वडासचिव प्रदीप राई, क्रियासिल सदस्य किशोर राई, जय राई, सञ्जिव राई, बलिराज बिक, नीरकुमार राई, युवराज राई, रमेश बिक, बाबुराम राई, माओवादी केन्द्रका वडासदस्यका प्रत्यासी मैनाहिरा राई, जसपाका मायाँलक्षी राई, इमानसिं राई, नवराज राई, सप्तराज राई, मायाँ राई, रहरमनी राई र सावित्रा राई पार्टी प्रवेश गरेको एमालेले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...