News Portal

प्रदेश १ मा देउवा-सिटौलाको सफलता: सभापतिसहित पदाधिकारीमा बर्चश्व, पौडेल-कोइराला समुहको महामन्त्री मात्र विजयी

सभापतिमा संस्थापनका थापाले पौडेल कोइराला समुहका घिमिरेलाई २ मतान्तरले हराए

हिमालीसंचार संवाददाता
२९० पटक

विराटनगर – नेपाली कांग्रेस प्रदेश १ कार्यसमितिमा सभापतिसहित पदाधिकारीहरुमा संस्थापन(देउवा-सिटौला) समुहले बर्चश्व कायम गरेको छ । कुल ८ जना पदाधिकारीमा पौडेल-कोइराला समुहको एक जना महामन्त्रीले मात्र जित हासिल गरेका छन् ।

निर्वाचन मत परिणाम अनुसार सभापतिमा संस्थापनका उद्धव थापा विजयी भएका छन् । विराटनगरमा गए राती सम्पन्न निर्वाचनमा थापाले पौडेल कोइराला समुहका गुरुराज घिमिरेलाई २ मतान्तरले पराजित गरे । थापाले ८४४ मत पाएर विजयी हुँदा घिमिरेले ८४२ मत मात्र पाएका थिए । विजयी भएका थापा झापाका पुर्वसभापति हुन् भने पराजित घिमिरे कांग्रेस नेता शेखर कोइरालाको गृहजिल्ला मोरङका हुन् । उनी नेवि संघका पुर्वसभापति समेत हुन् ।

निर्वाचन मतपरिणाम अनुसार दुई उपसभपतिमा पनि थापा प्यानलका उम्मेदवार रमेशजंग रायमाझी र टंकप्रसाद राई विजयी भएका छन् । रायमाझीले ८९० र राईले ८४७ मत पाएका छन् । घिमिरे प्यानलका गोविन्दप्रसाद ढुंगाना ७६५ र विश्वनाथ रिजाल(त्रिचोलन) ६६९ मत पाएर पराजित भए ।

दुई महामन्त्री पदमा भने दुवै प्यानलका एक एक जना विजयी भएका छन् । घिमिरे प्यानलका उम्मेदवार उमेश थापा ८२३ मत ल्याएर विजयी हुँदा अर्का महामन्त्रीमा थापा प्यानलका भुपेन्द्र राई ८२४ मत ल्याएर विजयी भए । यस्तै, महिला सहमहामन्त्रीमा थापा प्यानलका प्रमिला गच्छदार ८३७ मत ल्याएर विजयी भइन् । उनीसँग घिमिरे प्यानलका सीता कार्की ७३३ मत ल्याएर हारिन् । 

यस्तै, खुल्ला सहमहामन्त्रीमा थापा प्यानलका खड्ग फागो सर्वाधिक १०२६ मत ल्याएर विजयी हुँदा अर्को सहमहामन्त्रीमा सोही प्यानलका विनोद कुमार बस्नेत पनि ७४७ मत पाएर विजयी भएका छन् । घिमिरे प्यानलका रोहित कुमार साहले ६६५ र विरकाजी राईले ६४७ मात्र पाएर पराजित भए भने एक स्वतन्त्र उम्मेदवार शुभचन्द्र राईले ८४ मत मात्र ल्याए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत २४ गतेको राशिफल

आज चैत २४, २०८२ ( अप्रिल ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

भैरहवा विमानस्थल सञ्चालनका लागि भारतसँग हवाई रुटमा पहल गर्न पुनको आग्रह

काठमाडौँ, चैत २३ — नेकपा नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले भैरहवा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थललाई तत्काल...

सभामुख अर्यालको स्पष्ट भनाइ: सदनमा निष्पक्षता र समान व्यवहार सुनिश्चित गरिने

काठमाडौं, चैत २३ — प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदमा सहभागी सबै दल र सांसदप्रति समान...

सेयर बजारमा गिरावट, सरकारको भूमिकामाथि प्रश्न

काठमाडौं, चैत २३ – सेयर बजारमा देखिएको निरन्तर गिरावट र त्यसले सिर्जाएको त्रासप्रति राष्ट्रिय सभामा...

कतै हामी एकादेशी पो बन्छौ की ?

कमला थापा २०८२ चैत्र २३ गते सोमबार। अकस्मात आएको हावाहुरी, बाढि, पहिरोले गाउँ बस्ती उजाड...