News Portal

नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला १७ डिसेम्बरमा गरिदै

हिमालीसंचार संवाददाता
३५८ पटक

कुवेत – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ।मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्य विभाजनसमेत भइसकेको सचिव राजन श्रेष्ठले जानकारी दिए।

चौथो राष्ट्रिय भेलाका बारेमा मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले भने मञ्चको यस अघिको राष्ट्रिय भेलामा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश लाई कुवेत ल्याई अधिवेशन सम्पन्न गरिएकोमा कोरोना महामारीको कारण केहि समय ढिला हुन गए पनि यस पटक पनि केन्द्रीय नेतृत्वबाट सम्बोधन गराई भेला सम्पन्न गरिने बताए।

अध्यक्ष मगरले थपे, २ पार्टी एकताको विषयले केहि समय ढुलमुल हुनुको साथै कोरोना महामारीको कारण थोरै सुस्ताएको जस्तो देखिए पनि अब मञ्च सकृय भएर संगठन विस्तार तथा श्रमिकमैत्री कार्यमा अघि बढि रहेको छ।

मञ्चले चौथो राष्ट्रिय भेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीविलगायत कुवेतमा कार्यरत सम्पूणर् दाजुभाई तथा दिदीबहिनीहरूलाई मञ्चको चौथो राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ।

“संसारभरका मजदुरहरू एक हौं” भन्ने नाराका साथ सन २०११ मा गठन भई कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ।

कार्यक्रम विवरण:
कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला
मितिः १७ डिसेम्बर २०२१, शुक्रबार
स्थानः पपिन्स हल अब्बासिया, कुवेत
समयः ठिक ११ बजे।

प्रतिकृया दिनुहोस्

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...