News Portal

  • नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला १७ डिसेम्बरमा गरिदै

    हिमालीसंचार संवाददाता
    २४५ पटक

    कुवेत – नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ।मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल समिति बनाएर कार्य विभाजनसमेत भइसकेको सचिव राजन श्रेष्ठले जानकारी दिए।

    चौथो राष्ट्रिय भेलाका बारेमा मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरले भने मञ्चको यस अघिको राष्ट्रिय भेलामा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठ प्रकाश लाई कुवेत ल्याई अधिवेशन सम्पन्न गरिएकोमा कोरोना महामारीको कारण केहि समय ढिला हुन गए पनि यस पटक पनि केन्द्रीय नेतृत्वबाट सम्बोधन गराई भेला सम्पन्न गरिने बताए।

    अध्यक्ष मगरले थपे, २ पार्टी एकताको विषयले केहि समय ढुलमुल हुनुको साथै कोरोना महामारीको कारण थोरै सुस्ताएको जस्तो देखिए पनि अब मञ्च सकृय भएर संगठन विस्तार तथा श्रमिकमैत्री कार्यमा अघि बढि रहेको छ।

    मञ्चले चौथो राष्ट्रिय भेलालाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न नेपाली राजदूतावास कुवेत, गैरआवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिति कुवेत लगायत कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, वुद्धिजीविलगायत कुवेतमा कार्यरत सम्पूणर् दाजुभाई तथा दिदीबहिनीहरूलाई मञ्चको चौथो राष्ट्रिय भेलामा उपस्थितिको लागि हार्दिक निमन्त्रणा गर्दै उक्त दिन कुवेतमा कृयाशिल कुनै पनि संघ संस्थालाइ कार्यक्रम नजुधाइदिन पनि मञ्चले हार्दिक अनुरोध गरेको छ।

    “संसारभरका मजदुरहरू एक हौं” भन्ने नाराका साथ सन २०११ मा गठन भई कृयाशिल रहेको मञ्चले प्रवासी श्रमिकहरूका हक, हित र अधिकारका विषयमा पैरवी गर्दै विभिन्न किसिमले अप्ठेरोमा परेका श्रमिकहरूको उद्दारका कार्यहरू गर्दै आएको छ भने केन्द्रको नीति निर्देशन तथा समन्वयमा प्रवासबाट केन्द्रमा सहयोग गर्दै आएको छ।

    कार्यक्रम विवरण:
    कार्यक्रमः नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला
    मितिः १७ डिसेम्बर २०२१, शुक्रबार
    स्थानः पपिन्स हल अब्बासिया, कुवेत
    समयः ठिक ११ बजे।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    एसपीलाई फोनमा धम्की दिएको अभियोगमा जसपा नेता यादवमाथि पक्राउ आदेश

    काठमाडौं, असार २० – जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेश अध्यक्ष अशोक यादवविरुद्ध प्रहरी...

    पुलबाट हामफाल्न लागेका गोरखाका वृद्धलाई प्रहरीको सफल उद्धार

    चितवन, असार २० – चितवनको मुग्लिन र तनहुँको आँबुखैरेनी जोड्ने पुलमा शुक्रबार दिउँसो ज्यान दिन...

    रवि लामिछानेको पक्षमा हस्ताक्षर गरेपछि ट्राफिक सई खड्का हेडक्वाटरमा तानिए

    काठमाडौं, असार २० – सहकारी ठगी प्रकरणमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री...

    धरान श्रमदानमा बालिकामाथि यौन दुर्व्यवहार भएको आरोप, एक पक्राउ – घटना लुकाएको भन्दै स्थानीयले उठाए प्रश्न

    धरान, असार २०  — धरान–१६ मा श्रमदान अभियानकै बीच १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार भएको...

    सशस्त्र प्रहरी र नेपाल प्रहरीले गरेको कमजोर सुरक्षा व्यवस्थाका कारण कुखुरा व्यवसाय पलायनको अवस्थामा

    रविन्द्र बराल/मोरङ, असार २० – मोरङको सीमावर्ती क्षेत्र चौप्राहा, धनपट्टी, आमगाछी, सिक्टी, बलडंगा, सोनापुर, मायागञ्ज,...