News Portal

  • रवीन्द्र मिश्रको आक्रोशः यो देशमा माओको गुणगान गाउन हुने, महेन्द्रको नहुने?

    हिमालीसंचार संवाददाता
    २३२ पटक

    काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले नेपाल देश पृथ्वीनारायण शाहको विचारले बनेको बताउदै माओको गुणगान गाउनु हुने तर महेन्द्रको नहुने? भन्दै आक्रोश पोखेका छन्।

    आज शनिबार जावलाखेलमा आयोजित पार्टी एकता घोषणा कार्यक्रममा उनले पृथ्वीनारायण शाहलाई माला लगाउन नचाहेर मार्क्स र माओलाई माला लगाउन जानेहरुले यो देश बनाउन नसक्ने समेत बताए।

    ‘यो देशमा माओको नाम लिन हुने, माओको गुणगान गाउन हुने तर देशमा राजा महेन्द्रको गुणगान गाउन नहुने? किन नहुने?,’ मिश्रको प्रतिप्रश्न छियो ।

    उनले आफूलाई राजसंस्थावादी भनेर आरोप लगाइएको बताए। ‘म न राजसंस्थावादी हुँ, न त गणतन्त्रवादी हुँ। न धर्मनिरपेक्षतावादी हुँ, न धर्मसापेक्षतावादी हुँ। न संघीयतावादी हुँ, न संघीयता विरोधी हुँ। म नेपालवादी हुँ। म यो देशको हित जतिबेला जसरी हुन्छ, म त्यही वादी हुँ। जसलाई जे भन्नुपर्छ, भने हुन्छ,’ उनको आक्रोश रहेको थियो।

    मिश्रले आफूहरुसँग विचार नभएको भन्ने आरोपको खण्डन गरे। ‘उहाँहरु (आरोप लगाउनेहरु)को लागि विचार भनेको मार्क्स र माओले ओडाइदिएको समाजवाद र साम्यवादको छातामात्रै हो,’ उनले भने, ‘उहाँहरुको लागि अजेण्डा भनेको सांसदलाई सांसद विकास कोष दिएर सांसदलाई ठेकेदार बनाउने अजेण्डा हो। 

    मिश्रले थप भने “उहाँहरुको अजेण्डा भनेको बिचौलियासँग साँठगाँठ गरेर दिनै नसकिने अस्पताल चलाउन दिने, स्कुल चलाउन दिने, व्यापार चलाउन दिने, शहरलाई कंक्रिटको जंगल बनाउन दिने हो। यो सम्पूर्ण उहाँहरुको अजेण्डा हो। ती अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति हो। हामीले भनेको अजेण्डाचाहिँ उहाँहरुको लागि राजनीति होइन।’ उनले आक्रोशै आक्रशमा अधिकांश समय दिएका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...

    धनपालथानका सुर्जालालका छोराको आँखा उपचारका लागि सहयोगको अपिल

    रबिन्द्र बराल/मोरङ, कार्तिक २४ – मोरङको धनपालथान गाउँपालिका वडा नं. ५ स्थित रामपुर बैरियामा वर्षौंदेखि...