काठमाडौं – नेकपा एमालेमा केपी शर्मा ओलीले सहमतिका लागि प्रस्ताव गरेका ३०१ केन्द्रीय सदस्यमा नवौं महाधिवेशनबाट निर्वाचित अधिकांश समेटिँदा विशाल भट्टराई आउट भए । उनलाई प्रदेश अध्यक्षक लागि आश्वसन दिईएको बताईन्छ।
भट्टराईलाई प्रतिनिधिसभामा एमाले प्रमुख सचेतक समेत रहेका भट्टराई ओलीका विश्वास पात्र मानिन्थे । उनी दशौं महाधिवेशनमा पनि ओलीलाई सर्वसम्मत बनाउन उनले लबिइङ गरेका थिए ।
तर पदाधिकारीमा आकांक्षा राखेका भट्टराई ओलीले आइतबार मध्यरातमा बन्दसत्रमा प्रस्ताव गरेको केन्द्रीय सदस्यहरुको सूचीमै परेनन् । सूचीमा नाम नभएकाहरुले उम्मेदवारी दिन पाउँछन् । भट्टराईले उम्मेदवारी पनि दिएनन् ।
उच्च स्रोतका अनुसार भट्टराईले नेताहरुसँग केन्द्रिय कमिटीमै नराख्दा अपमान महसुस भएको बताएका छन् । ओलीसहितका नेताहरुले भने उनलाई प्रदेश अध्यक्षको आश्वासन दिएका छन् ।
भट्टराईले दसौँ महाधिवेशनमा आफ्नो भूमिका बारे सामाजिक संजालमा समेत लेखेका छन् । उनी भन्छन् “महाधिवेशनमा प्रस्तुत केन्द्रीय कमिटीमा मेरो नाम नपरेको बिषयमा मुख्यतः दुइखाले टिप्पणी देखिएका छन । एकथरीले मेरो नाम नआएकोमा खुसी वा ठिक्क पर्यो वा ब्यङ्यात्मक टिप्पणी गर्नुभएको छ भने अर्को ठुलो पङ्तिले चिन्ता वा सद्भाव वा आश्चर्य मानेर लेख्नुभएको पढेको छु ।”
उनी थप प्रष्ट पार्न चाहान्छन् “खासमा पार्टी अध्यक्ष ,महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मावारी दिने भन्नुभएको छ । म यसैपनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिका सहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु । भनेका छन् ।
उनले आफ्नो चित्त बुझाउदै अत्यमा भनेका छन् “यहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन्। नेपाली राजनीतिमा मेरो सानो -ठुलो भूमिका अनवरत रहिरहनेछ । कोहि खुसी नहुन कोहि चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।