News Portal

सुर्खेतमा नेपाली कांग्रेसको अधिवेशनले बढ्यो चहलपहल

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौं – पहिलो पटक हुन लागेको नेपाली कांग्रेसको प्रदेश अधिवेशनले कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चहलपहल बढेको छ । पाटीको मातहतका समितिको अधिवेशन गरेर नेपाली कांग्रेस प्रदेश अधिवेशनको तयारीमा जुटेको हो । शुक्रबार हुने प्रदेश अधिवेशनका लागि आकांक्षीहरूले कार्यकर्तालाई भेट्न सम्पर्क कार्यालय खोलेका छन् । जिल्ला अधिवेशन सकिएसँगै नेता–कार्यकर्ताहरू प्रदेश राजधानी सुर्खेतमा केन्द्रित हुन थालेका हुन् ।

सुर्खेतमा नेता–कार्यकर्ताको जमघट बढ्न थालेपछि वीरेन्द्रनगरका स्थानीय होटलहरू भरिभराउ हुन थालेका छन् । प्रदेश सभापतिमा मुख्यमन्त्री तथा केन्द्रीय सदस्य जीवनबहादुर शाही, केन्द्रीय सदस्य हृदयराम थानी, पूर्वसांसद राजीवविक्रम शाह, पूर्वसांसद ललितजंग शाही, भूपेन्द्रजंग शाही, कालीबहादुर सहकारीको नाम चर्चामा रहेको छ ।

युवा नेता भूपेन्द्रजंग शाहीले आफू प्रदेश सभापतिका लागि २ वर्षदेखि तयारीमा जुटेको बताए । तरुण दलको महामन्त्री र नेविसंघको केन्द्रीय उपाध्यक्ष भइसकेका शाहीले आफू बलियो उम्मेदवार रहेको बताए । ‘यसबारेमा नेताहरूबीच छलफल चलाइरहेको छु,’ उनले भने, ‘सम्भवतः म नै प्रदेश सभापतिको उम्मेदवार हुन्छु ।’

प्रदेश अधिवेशनमा कर्णालीका १० वटै जिल्लाका झन्डै ७ सय बढी प्रतिनिधि सहभागी हुने नेपाली कांग्रेसले जनाएको छ । मुगुका पार्टी सभापति ऐनबहादुर शाहीले प्रदेश अधिवेशनका लागि ६० जना प्रतिनिधिसहित शनिबार नै सुर्खेत पुगेको बताए । उनका अनुसार सुरुमा बुधबारका लागि प्रदेश अधिवेशन तोकिएको थियो । ‘अहिले अधिवेशन २ दिनका लागि पछि सरेको छ,’ उनले भने, ‘जसले कार्यकर्तामा केही अन्योल बनायो ।’

त्यस्तै हुम्ला, कालीकोट, जुम्ला, डोल्पा, दैलेखलगायत विभिन्न जिल्लाका प्रतिनिधिहरू सुर्खेत पुगिसकेका छन् । जिल्लाबाट आएका नेता–कार्यकर्ता अहिले महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीसँग भेटघाटका लागि व्यस्त छन् । १० जिल्ला रहेको कर्णालीमा ८ जिल्लामा देउवा पक्षले सभापति जितेको छ । दैलेख र कालीकोटमा पौडेलपक्षीय सभापति निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...