News Portal

नेकपा एमालेको महाअधिवेशमा नगएका प्रचण्ड, राप्रपा महाअधिवेशनमा सहभागी, माधव नेपाल पनी पुगे

हिमालीसंचार संवाददाता
२३३ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागि भएका छन्। उनीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए । 

राजधानीको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिन दुवै नेता पुगेका हुन्। पूर्व राजावादीहरुको महाधिवेशनमा भाग लिन सबैभन्दा पहिले माधव नेपाल पुगे। त्यसपछि प्रचण्ड पनि उद्घाटन सत्रमा सहभागी हुन गएका थिए । अध्यक्ष प्रचण्ड यसअघि गृहजिल्ला चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा सहभागी  भएका थिएनन्।

प्रचण्डलाई निम्ता पठाइएका भए पनि एमाले महाधिवेशनमा सहभागी हुन अस्वीकार गर्दै प्रचण्ड काभ्रे पुगेका थिए। व्यस्तताको कारण देखाउँदै प्रचण्ड चितवनको नारायणी किनारमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड गएका थिएनन् । प्रचण्ड राप्रपाको मञ्चमा बसिरहँदा नेता राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै यही तरिकाले राजसंस्था फिर्ती र हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...