News Portal

नेकपा एमालेको महाअधिवेशमा नगएका प्रचण्ड, राप्रपा महाअधिवेशनमा सहभागी, माधव नेपाल पनी पुगे

हिमालीसंचार संवाददाता
२४८ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटन समारोहमा सहभागि भएका छन्। उनीसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल पनि पुगेका थिए । 

राजधानीको भृकुटीमण्डपमा सुरु भएको महाधिवेशनमा शुभकामना मन्तव्य दिन दुवै नेता पुगेका हुन्। पूर्व राजावादीहरुको महाधिवेशनमा भाग लिन सबैभन्दा पहिले माधव नेपाल पुगे। त्यसपछि प्रचण्ड पनि उद्घाटन सत्रमा सहभागी हुन गएका थिए । अध्यक्ष प्रचण्ड यसअघि गृहजिल्ला चितवनमा भएको एमालेको दसौँ महाधिवेशनमा सहभागी  भएका थिएनन्।

प्रचण्डलाई निम्ता पठाइएका भए पनि एमाले महाधिवेशनमा सहभागी हुन अस्वीकार गर्दै प्रचण्ड काभ्रे पुगेका थिए। व्यस्तताको कारण देखाउँदै प्रचण्ड चितवनको नारायणी किनारमा भएको एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा प्रचण्ड गएका थिएनन् । प्रचण्ड राप्रपाको मञ्चमा बसिरहँदा नेता राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै यही तरिकाले राजसंस्था फिर्ती र हिन्दु राष्ट्र पुनःस्थापना हुन नसक्ने समेत बताएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...