News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • केपी शर्मा ओलीलाई बधाई दिन पुगे भीम रावल

    हिमालीसंचार संवाददाता
    २२६ पटक

    काठमाडौं – नेकपा एमालेको आगामी नेतृत्वमा केपी शर्मा ओलीसँग पराजित भएका भीम रावल ओलीसँगै मञ्चमा देखिएका छन्। एमालेमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि फराकिलो मतान्तरले विजयी भएपछि ओलीलाई बधाई दिन निर्वाचन परिणाम घोषणा कार्यक्रममा भीम रीवल अध्यक्ष ओलीसँगै देखिएका हुन्।

    भीम रावलले भने; ‘यस्तो हुन्छ भन्ने मलाई पहिला नै थाहा थियो। सबै थाहा पाएरै पाइला चालेको हुँ,’ रावलले मत परिणाम सार्वजनिक भएपछि संचारकर्मीसंग संक्षिप्त कुरा गर्दै भने,‘बाँकी कुरा अहिले घोषणा सभामा अध्यक्षलाई बधाई दिएर आएपछि भन्छु।’

    मतपरिणम घोषणासहित नवनिर्वाचित केन्द्रीय सदस्यहरुको सपथग्रहण कार्यक्रम अहिले आयोजना भइरहेको छ। कार्यक्रममा अध्यक्ष ओलीसहितका साविक पदाधिकारीहरू मञ्चमा छन्। अध्यक्षको प्रतिस्पर्धामा हारेका नेता रावल अध्यक्ष ओलीसँगैको कुर्सीमा बसेर ओलीसँग भलाकुसारी गरिरहेका छन्।

    एमालेमा सर्वसम्मत नेतृत्वको लागि प्रयास भए पनि रावलले अध्यक्षमा उम्मेदवारी दिएपछि निर्वाचन भएको हो। मंगलबार दिउँसो सार्वजनिक भएको मत परिणामअनुसार अध्यक्षमा केपी शर्मा  ओलीले १८४० मत ल्याएका थिए भने भीम रावलले २२३ मत  मात्र प्राप्त गरेका थिए। 

    प्रतिकृया दिनुहोस्

    रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

    मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी...

    आजको राशिफल

    आज वैशाख १७, २०८२ (अप्रिल ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...

    एनआरएन अभियन्ताहरूको अपिल : तोकिएको समयमा नै महाधिवेशन गर्न जोड

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन नजिकिँदै गर्दा विभिन्न मुलुकबाट...