News Portal

  • ओलीले नसमेटेका लालबाबु पण्डितले दिए साथीहरुलाई शुभकामना!, मैले विदा लिए

    हिमालीसंचार संवाददाता
    २५९ पटक

    काठमाडौं – नेकपा एमालेका नेता लालबाबु पण्डितले पार्टीको नेतृत्व तहबाट बिदा लिएको घोषणा गरेका छन्। अध्यक्ष केपी शर्मा ओलीले पदाधिकारीमा कहीँ पनि नसमेटेपछि पण्डितले पार्टीको कार्यकारी भूमिकाबाट बिदा लिएका हुन्।

    पण्डितले सौराहास्थित बन्दसत्रस्थलमा पत्रकारहरुसँग बोल्दै उनले भने, ‘आजदेखि सम्पूर्ण कार्यकारी पदबाट बिदा लिएँ। दसौँ महाधिवेशनबाट विजयी कमरेडहरुलाई सफल कार्यकालको हार्दिक शुभकामना!’ एमाले नेता पण्डित अहिले दशौँ महाधिवेशन निर्वाचन अध्यक्षमण्डलको सदस्य पनि छन्। 

    उपाध्यक्षका दावेदार पण्डितको नाम ओलीको सूचीमा नपरेपछि पार्टीको नवौँ महाधिवेशनमा उनले उपाध्यक्ष पदमा माधवकुमार नेपाल समूहबाट चुनाव लडेका थिए। तर पराजित भएका थिए।अहिले उनी संघीय सांसद छन्। उनले मोरङमा कांग्रेस नेता शेखर कोइरालालाई पराजित गरेका थिए। 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...

    ब्याण्डेज हातले अर्काे कुटे, रिपोर्टर्स क्लबमा आफैं मार खाए

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका सहिद परिवारसँगै संस्थापक सुधन गुरुङले आयोजना गरेको पत्रकार सम्मेलन...

    सुधन गुरुङको खुलासा : “सचिवलाई थर्काएँ, राष्ट्रपति निवासको पानी समेत पिएन”

    काठमाडौं, भदौ २९ – जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले शीतल निवासमा भएको आफ्नो अनुभव सार्वजनिक...

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...