News Portal

खोटाङ जिल्लाको कांग्रेस अधिवेशनमा सर्वाधिक मत पाएर निर्वाचित भए इवन राई

हिमालीसंचार संवाददाता
२६७ पटक

खोटाङ – नेपाली कांग्रेस खोटाङको पदाधिकारीमा युवा नेता इवन राई सर्वाधिक मत पाएर उपसभापतिमा विजयी भएका छन् । हलेसी तुवाचुङ नगरपालिकाका मेयर समेत रहेका राई नेपाली कांग्रेसको सातौं जिल्ला अधिबेसनबाट सर्वाधिक मत सहित उपसभापतिमा निर्वाचित भएका हुन् । एकै प्यानलबाट वियजी सभापति बिष्णुकुमार राईभन्दा ८४ मत ल्याई उपसभापतिमा इवन राई विजयी भएका हुन्। 

‘तपाईँको बिश्वास र बिचारले सिञ्चित एक–एक मत मेरो लागि कठिन भन्दा कठिन यात्राको लागि उर्जा हुनेछ ! पार्टीप्रति थप जिम्मेवार र क्रियाशिल रहदै पार्टीलाई नयाँ उचाईमा पु¥याउने बिश्वास दिलाउन चाहन्छु,’ नवनिर्वाचित उपसभापति राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो समाज र पार्टी बदल्ने महान अभियानमा तपाईँको सहयात्राको अपेक्षा गर्दछु ।’ उनले भनेका छन्। 

हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारका राईले राजनीति सुरु विस २०६० सालदेखि पार्टी राजनीति सुरु गरेका हुन् । विस २०६७ सालमा जिल्ला कार्य समिति सदस्य, संगठन विभाग प्रमुख हुँदै उनी विस २०७२ सालमा क्षेत्रीय सभापति निर्वाचित भएका थिए ।

राईका अनुसार; फिल्डमा बसेर नेता तथा कार्यकर्ताको मन मष्तिष्कमा बस्न सकेकै परिणाम आफुलाई लोकप्रीय मत प्राप्त भएको नवनिर्वाचित उपसभापति राईले बताउँछन् । ‘फिल्डमा बसेर काम गरियो । पार्टीभित्रको मतभेद र अन्तरद्धन्द्ध व्यवस्थापन गर्दै पार्टीलाई एकाकार पार्नमा भूमीका रह्यो ।

घात अन्तरघातको समस्याले अलग–अलग भएका नेतालाई एक ठाउँमा ल्याउन भूमीका निर्वाह गरेँ,’ राईले भने, ‘युवा परिवर्तन चाहन्छ । नविन सोच र बिचार भएको नेतृत्वको उपस्थिति चाहन्छन् । पुरानो पुस्ता र नयाँ पुस्तालाई मिलाएर लौजान भूमीका खेलेका कारण पनि नेता तथा कार्यकर्ताको मन मष्तिष्कमा बस्न सफल भएँ भन्ने लाग्छ ।’

राईकै प्यानलका अर्का उपसभापति तिर्थराज भट्टराई दोश्रो र सचिव समिर राईले तेश्रो पपुलर मत पाएका छन् । यस्तै, संघीय महाधिबेसन प्रतिनिधिमा इच्छुराम राना सवैभन्दा बढि मत ल्याएर विजयी भएका छन् । रानाले ६४४ मत पाएका छन् ।

संघीय महाधिबेसन प्रतिनिधिमा सुवासकुमार पोखरेलले दोश्रो र भूपेन्द्र राईले तेश्रो लोकप्रिय मत पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...