News Portal

  • नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा बिष्णुकुमार राईको प्यानल विजयी

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    बाक्सिला – नेपाली कांग्रेस खोटाङको सभापतिमा बिष्णुकुमार राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशन अन्तरगत भएको मतदानको अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढि मत ल्याएर विष्णुकुमार राई खोटाङ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

    नेपाली कांग्रेसको जिल्ला मतदानमा १ हजार ३ सय २२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणाम अनुसार बिष्णुकुमार राईले ६६९ मत पाउँदा सर्वधनले ६१० मत मात्र पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेश्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । पौडेल समुहसँग निकट राईका सिंगो प्यानल नै विजयी भएका छन् ।

    खोटाङका नवनिर्वाचित सभापति राई कांग्रेसका पुर्वसभापति एवं महासमिति सदस्य समेत हुन् । विस २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रबेश गरेका विष्णुकुमार राईले विस २०६२ साल र विस २०६७ सालको अधिबेसनबाट पार्टीको सभापति चुनिएका थिए ।

    यस्तै, विस २०४८ साल र विस २०५२ सालमा नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि बनेका राई विस २०७२ सालमा महासमिति सदस्य बनेका थिए । उनले कानूनमा स्नातक गरेका राई विगत ६ असार २०४९ देखि ५ वर्ष तत्कालिन जिल्ला बिकास समिति खोटाङको सभापति बनेका थिए ।

    साहित्यमा समेत चासो राख्ने राई साहित्यमा बिष्णु आभूषणका रुपमा परिचित छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

    राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तिर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

    यस्तै, सह–सचिवमा सार्जन राईले ६२४ मत र शालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...

    आज २०८२ साल कार्तिक २५ गतेको राशिफल

    आज कार्तिक २५, २०८२ (नोभेम्बर ११, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    फूलासीबाट फिनालेसम्म: बिध्या चौहानको प्रेरणादायी यात्रा

    काठमाडौँ, कार्तिक २४ – मिसेस नेपाल वर्ल्ड २०२५ की चर्चित प्रतिस्पर्धीमध्ये एक हुन् बिध्या चौहान।...