News Portal

नेपाली कांग्रेस खोटाङ जिल्ला सभापतिमा बिष्णुकुमार राईको प्यानल विजयी

हिमालीसंचार संवाददाता
३८३ पटक

बाक्सिला – नेपाली कांग्रेस खोटाङको सभापतिमा बिष्णुकुमार राई निर्वाचित भएका छन् । नेपाली कांग्रेसको सातौं जिल्ला अधिवेशन अन्तरगत भएको मतदानको अन्तिम मत परिणाम अनुसार सभापतिका उम्मेद्वार पुर्व पर्यटन तथा नागरिक उड्यान राज्यमन्त्री सर्वधन राईभन्दा ५९ बढि मत ल्याएर विष्णुकुमार राई खोटाङ जिल्ला सभापतिमा निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसको जिल्ला मतदानमा १ हजार ३ सय २२ मत खसेकोमा शुक्रबार सार्वजनिक घोषित परिणाम अनुसार बिष्णुकुमार राईले ६६९ मत पाउँदा सर्वधनले ६१० मत मात्र पाएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनले तेश्रोपल्ट पार्टीको जिल्ला सभापतिको नेतृत्व सम्हाल्ने अवसर पाएका हुन् । पौडेल समुहसँग निकट राईका सिंगो प्यानल नै विजयी भएका छन् ।

खोटाङका नवनिर्वाचित सभापति राई कांग्रेसका पुर्वसभापति एवं महासमिति सदस्य समेत हुन् । विस २०३६ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा प्रबेश गरेका विष्णुकुमार राईले विस २०६२ साल र विस २०६७ सालको अधिबेसनबाट पार्टीको सभापति चुनिएका थिए ।

यस्तै, विस २०४८ साल र विस २०५२ सालमा नेपाली कांग्रेस महाधिबेसन प्रतिनिधि बनेका राई विस २०७२ सालमा महासमिति सदस्य बनेका थिए । उनले कानूनमा स्नातक गरेका राई विगत ६ असार २०४९ देखि ५ वर्ष तत्कालिन जिल्ला बिकास समिति खोटाङको सभापति बनेका थिए ।

साहित्यमा समेत चासो राख्ने राई साहित्यमा बिष्णु आभूषणका रुपमा परिचित छन् । उनलाई निवर्तमान सभापति नरेश श्रेष्ठ, शेखर कोईराला निकट महासमिति सदस्य सुवासकुमार पोखरेलको समर्थन थियो । सभापतिमा पराजित सर्वधन देउवा निकट हुन् ।

राईको प्यानलबाट उपसभापतिमा इवन राईले ७५३ मत र तिर्थराज भट्टराईले ७४२ मत ल्याएर विजयी भएका छन् । सचिवमा समिर राईले ७१३ मत र ज्ञानेन्द्र जोशीले ६२० मत ल्याएर विजयी बनेका छन् ।

यस्तै, सह–सचिवमा सार्जन राईले ६२४ मत र शालिकराम बञ्जराले ५९३ मत पाएर विजयी भएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...