
भरतपुर। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ‘हिन्दी’ भाषामा सम्बोधन गर्ने तयारी गरेका छन्। एमालेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न ठाकुर चितवनको भरतपुर पुगिसकेका छन्।
अध्यक्ष ठाकुरले एमालेको अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्ने जानकारी एमालेलाई पठाएको स्रोतले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिन्दी भाषामा बोल्दै आएका अध्यक्ष ठाकुरले एमालेको अधिवेशनमा पनि हिन्दी भाषामा बोल्ने तयारी गरेका हुन्।
‘एमालेका कार्यकर्ताहरूले अध्यक्ष ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्दा विरोध हुने डरले नेपाली भाषामै बोले भने अर्को कुरा हो नत्र ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्ने भन्नुभएको छ’, स्रोतले भनेको छ।
एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा अध्यक्ष ठाकुरले हिन्दीमा भन्दा पनि मैथिली भाषा वा नेपाली भाषामध्ये एक भाषामा उद्घाटनसत्रलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने नेपाली भाषामै एमालेको उद्घाटन सत्रलाई सम्बोधन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
अध्यक्ष यादव मौसमअनुसार रकमे काम गर्ने नेतामा पर्छन्। विरोध हुने डरले अध्यक्ष यादवले हिन्दीमा सम्बोधन नगरेर नेपाली भाषामा सम्बोधन गर्नेछन्। एमालेका अध्यक्ष खड्गप्रसाद ओली र लोसपाका अध्यक्ष ठाकुरबीच निकै राम्रो सम्बन्ध छ।
ओलीलाई प्रधानमन्त्री बनाउन अन्तिम समयसम्म ठाकुरले साथ दिएका थिए। ओलीका संविधान विपरितका गलत हर्कतलाई सधैँ ठाकुरले साथ दिँदै आएका छन्।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
