News Portal

महन्थ ठाकुरले एमालेको महाधिवेशनमा हिन्दीमा बोल्ने, उपेन्द्रले नेपालीमै सम्बोधन गर्ने

हिमालीसंचार संवाददाता
३५७ पटक

भरतपुर। एमालेको १०औँ राष्ट्रिय महाधिवेशनलाई लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुरले ‘हिन्दी’ भाषामा सम्बोधन गर्ने तयारी गरेका छन्। एमालेको महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्न ठाकुर चितवनको भरतपुर पुगिसकेका छन्।

अध्यक्ष ठाकुरले एमालेको अधिवेशनलाई हिन्दी भाषामा सम्बोधन गर्ने जानकारी एमालेलाई पठाएको स्रोतले जनाएको छ। प्रतिनिधि सभाको बैठकमा हिन्दी भाषामा बोल्दै आएका अध्यक्ष ठाकुरले एमालेको अधिवेशनमा पनि हिन्दी भाषामा बोल्ने तयारी गरेका हुन्।

‘एमालेका कार्यकर्ताहरूले अध्यक्ष ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्दा विरोध हुने डरले नेपाली भाषामै बोले भने अर्को कुरा हो नत्र ठाकुरले हिन्दी भाषामा सम्बोधन गर्ने भन्नुभएको छ’, स्रोतले भनेको छ।

एमालेका एक नेताले नाम उल्लेख नगर्ने सर्तमा अध्यक्ष ठाकुरले हिन्दीमा भन्दा पनि मैथिली भाषा वा नेपाली भाषामध्ये एक भाषामा उद्घाटनसत्रलाई सम्बोधन गर्नुपर्ने सुझाव दिएका छन्। जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने नेपाली भाषामै एमालेको उद्घाटन सत्रलाई सम्बोधन गर्ने तयारी गरेको स्रोतले जनाएको छ।

अध्यक्ष यादव मौसमअनुसार रकमे काम गर्ने नेतामा पर्छन्। विरोध हुने डरले अध्यक्ष यादवले हिन्दीमा सम्बोधन नगरेर नेपाली भाषामा सम्बोधन गर्नेछन्। एमालेका अध्यक्ष खड्गप्रसाद ओली र लोसपाका अध्यक्ष ठाकुरबीच निकै राम्रो सम्बन्ध छ।

ओलीलाई प्रधानमन्त्री बनाउन अन्तिम समयसम्म ठाकुरले साथ दिएका थिए। ओलीका संविधान विपरितका गलत हर्कतलाई सधैँ ठाकुरले साथ दिँदै आएका छन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...