News Portal

राप्रपाका युवा नेता लिङ्देनको अध्यक्षमा उम्मेदवारी घोषणा

हिमालीसंचार संवाददाता
३५१ पटक

किरण दहाल, काठमाडौं। मंसिर १५ देखि १७ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डपमा हुने राप्रपाको महाधिवेशनमा मुख्य नीतिमा एकरूपता भएपनि नेतृत्वका लागि चारपक्षीय भिडन्तको सम्भावना बढेको छ। पार्टीका युवा नेता राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेपछि राप्रपामा चारपक्षीय भिडन्तको सम्भावना बढेको हो।

यसअघि अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीले पनि अध्यक्षमा उम्मेवारी दिने बताइसकेका छन्। संघीय संसद्मा राप्रपाका एक मात्रै सांसद लिङ्देनले बिहीबार पत्रकार सम्मेलन गरी आफ्नो उम्मेदवारी सार्वजनिक गरेका छन्। ०७६ फागुनमा राप्रपा र राप्रपा (संयुक्त)बीच एकता भएपछि थापा, राणा र लोहनी पार्टी अध्यक्ष रहँदै आएका थिए। तर, झन्डै दुई वर्षपछि हुन लागेको महाधिवेशनमा तीनै नेतालाई चुनौती दिँदै लिङ्देनले अध्यक्षमा उम्मेदवारीको घोषणा गरेका हुन्। नयाँ नेतृत्वबाट राप्रपालाई अघि बढाउन आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।

‘साथीहरूले सल्लाह गरेर, खासगरी नेता धवलशमशेर राणाले मलाई प्रस्ताव गर्नुभएको छ, म यसलाई सहर्ष स्वीकार गर्दै आगामी १५, १६ र १७ गते जुन महाधिवेशन हुँदैछ, त्यसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट नेतृत्व परिवर्तन हुनुपर्छ,’ उम्मेदवारी घोषणा कार्यक्रममा लिङ्देनले भने, ‘नयाँ नेतृत्वबाटै राष्ट्रिय प्रजातन्त्र पार्टी अगाडि जानुपर्छ भन्ने हाम्रा पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरूको समेत भावनालाई स्वीकार गर्दै आफू उम्मेदवार बन्न तयार रहेको घोषणा गर्दछु।’

कांग्रेस, एमाले र माओवादीका युवा नेताले आँट नगरे पनि राप्रपाले नेतृत्व परिवर्तन गर्ने उनको भनाइ थियो। ‘अब पार्टीमा नेतृत्व परिवर्तन मात्र हुँदैन। पार्टीमा रहेका गुटगत परम्पराको अन्त्य हुन्छ। राप्रपामा आएको परिवर्तन अन्य पार्टीका लागि पनि सन्देश हुन्छ।

किनभने कांग्रेस, एमाले र माओवादीका युवा नेताहरूले आँट गर्न सक्नुभएन,’ उनले भने, ‘नेतृत्व परिवर्तनको धक्कु लगाएर आफ्नो पद मात्र सुरक्षित गर्नुभएको छ। राप्रपाले नेतृत्व परिवर्तन गरेर उदाहरण दिँदैछ।’ अर्कातिर पार्टी महामन्त्रीमा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणा उठ्ने तयारीमा छन्। लिङ्देन र राणा प्यानल बनाएरै अघि बढ्नेछन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...