News Portal

  • नुवाकोट कांग्रेस सभापतिमा रमेश कुमार महत नै किन ?

    हिमालीसंचार संवाददाता
    ४२२ पटक

    कर्ण अधिकारी नुवाकोट।
    नुवाकोट कांग्रेसको राजनिति पृष्ठ भूमिलाई अवलोकन गर्ने हो भने स्पष्ट रूपमा कांग्रेस दुई धारमा रहेको पाउछौ। २०५१ साल देखि नै महत र केसीको पेरी फेरीमा घुमेको कांग्रेसलाई सुदृढ गराई अगाडी बढाउनका लागि निर्णायक भूमिका निर्बाह गर्ने ब्यक्तिको आबश्यकता रहेको अबस्थामा महत गुटबाटै सभापतिमा पदमा रमेश कुमार महतले आफ्नो उमेदवारी दिदै छन् र यस पटक सभापति जित्छन् पनि।

    महत गुटकै भएपनि यिनमा कार्यकर्तालाई समेटेर लैजान सक्ने ल्याकत छ। इकाई, प्रदेश र क्षेत्रको चुनावी परीणामले पनि त्यहि देखाउछ। राजनितिलाई ब्यापार नभई बिसुद्ध समाज सेवा हो भन्ने माहान सोच बोकेका महतको राजनिति पृष्ठभूमिलाई हेर्ने हो भने सदा सर्बदा जन सेवामा लागेका थुप्रै उदाहरण छन्। नुवाकोटका प्रत्येक घर र जनताको अबस्था के छ भनेर दिलचस्वी राख्ने महत सभापति भए नुवाकोट कांग्रेसले एक पटक अध्यारोबाट उज्यालो तर्फको गमन गर्ने छ।

    २०४७ साल देखि नै नेपालको राजनितिमा होमिएका महतको राजनिति पृष्ठभूमिलाई अवलोकन गर्ने हो भने यिनको राजनिति नै सखाप पार्नका लागि कांग्रेसी भनेर ट्याग भिरेकाहरू नै लागि परे। २०७४ सालको प्रदेश सांसदमा उमेदवार बनेका महतलाई आफ्नैले घात गरी हराई छाडे। नुवाकोटका जनताले हिरा हो भनेर महतलाई चिन्न सकेनन्। नेपाली कांग्रेस नुवाकोटको १३औं अधिवेशनमा सभापतिमा हार ब्यहोरेका महतले यो चौंधौ अधिवेशनमा चांहि जीत हात पार्ने पक्का छ।

    २०७२ सालको आम बिनासकारी भूकम्पमा परी जन धनको क्षति पुगेका नुवाकोटका जनताको सेवामा अहोरात्र खटिएका महतको आफ्नै राजनिति छबि रहेको छ। नुवाकोटका जनताको घर कता फर्किएको र कस्ता अबस्थामा छन भन्ने कुरा रमेश महतलाई प्रष्ट थाहा छ। तसर्थ यस्ता ब्यक्तिलाई नुवाकोट कांग्रेसले सभापति बनाउन सक्यो भने अबस्य नै नुवाकोट कांग्रेसको भबिष्य उज्जवल हुने छ।

    मृदुभाषी स्वभाब भएका महत साथी सर्कलमा पनि लोकप्रिय नै छन्। बिकाश निर्माणका कार्यमा सधै राम शरण महतको दाहिने हात भई काम गरेका महतसंग बिकास र संबृद्धिका थुप्रै गुरू योजनाहरू समेत रहेका छन्। तसर्थ यस्ता ब्यक्तिलाई यस पटक नुवाकोट कांग्रेसले एक पटक मौका दिनु पर्छ की भन्ने लाग्दछ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...