News Portal

नुवाकोट कांग्रेस सभापतिमा रमेश कुमार महत नै किन ?

हिमालीसंचार संवाददाता
४७४ पटक

कर्ण अधिकारी नुवाकोट।
नुवाकोट कांग्रेसको राजनिति पृष्ठ भूमिलाई अवलोकन गर्ने हो भने स्पष्ट रूपमा कांग्रेस दुई धारमा रहेको पाउछौ। २०५१ साल देखि नै महत र केसीको पेरी फेरीमा घुमेको कांग्रेसलाई सुदृढ गराई अगाडी बढाउनका लागि निर्णायक भूमिका निर्बाह गर्ने ब्यक्तिको आबश्यकता रहेको अबस्थामा महत गुटबाटै सभापतिमा पदमा रमेश कुमार महतले आफ्नो उमेदवारी दिदै छन् र यस पटक सभापति जित्छन् पनि।

महत गुटकै भएपनि यिनमा कार्यकर्तालाई समेटेर लैजान सक्ने ल्याकत छ। इकाई, प्रदेश र क्षेत्रको चुनावी परीणामले पनि त्यहि देखाउछ। राजनितिलाई ब्यापार नभई बिसुद्ध समाज सेवा हो भन्ने माहान सोच बोकेका महतको राजनिति पृष्ठभूमिलाई हेर्ने हो भने सदा सर्बदा जन सेवामा लागेका थुप्रै उदाहरण छन्। नुवाकोटका प्रत्येक घर र जनताको अबस्था के छ भनेर दिलचस्वी राख्ने महत सभापति भए नुवाकोट कांग्रेसले एक पटक अध्यारोबाट उज्यालो तर्फको गमन गर्ने छ।

२०४७ साल देखि नै नेपालको राजनितिमा होमिएका महतको राजनिति पृष्ठभूमिलाई अवलोकन गर्ने हो भने यिनको राजनिति नै सखाप पार्नका लागि कांग्रेसी भनेर ट्याग भिरेकाहरू नै लागि परे। २०७४ सालको प्रदेश सांसदमा उमेदवार बनेका महतलाई आफ्नैले घात गरी हराई छाडे। नुवाकोटका जनताले हिरा हो भनेर महतलाई चिन्न सकेनन्। नेपाली कांग्रेस नुवाकोटको १३औं अधिवेशनमा सभापतिमा हार ब्यहोरेका महतले यो चौंधौ अधिवेशनमा चांहि जीत हात पार्ने पक्का छ।

२०७२ सालको आम बिनासकारी भूकम्पमा परी जन धनको क्षति पुगेका नुवाकोटका जनताको सेवामा अहोरात्र खटिएका महतको आफ्नै राजनिति छबि रहेको छ। नुवाकोटका जनताको घर कता फर्किएको र कस्ता अबस्थामा छन भन्ने कुरा रमेश महतलाई प्रष्ट थाहा छ। तसर्थ यस्ता ब्यक्तिलाई नुवाकोट कांग्रेसले सभापति बनाउन सक्यो भने अबस्य नै नुवाकोट कांग्रेसको भबिष्य उज्जवल हुने छ।

मृदुभाषी स्वभाब भएका महत साथी सर्कलमा पनि लोकप्रिय नै छन्। बिकाश निर्माणका कार्यमा सधै राम शरण महतको दाहिने हात भई काम गरेका महतसंग बिकास र संबृद्धिका थुप्रै गुरू योजनाहरू समेत रहेका छन्। तसर्थ यस्ता ब्यक्तिलाई यस पटक नुवाकोट कांग्रेसले एक पटक मौका दिनु पर्छ की भन्ने लाग्दछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...