News Portal

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं १ मा सुजेन्द्र तामाङको प्यानल विजयी

“तामाङको ३९३ मत, उनका प्रतिस्पर्धी खतिवडाको २१५ मत”

हिमालीसंचार संवाददाता
२९० पटक

सुनसरी – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सुनसरी क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिमा संस्थापन इतर समुहका सुजेन्द्र तामाङको प्यानल विजयी भएको छ ।

धरान उपमहानगरपालिका धरान ८ स्थित सभाहलमा सम्पन्न क्षेत्र नं १ निर्वाचनको मतगणनाको मतपरिणाम अनुसार पौडेल कोइराला समुहबाट सभापति उम्मेदवार तामाङको प्यानल विजयी भएको हो । कुल मत गणना सम्पन्न हुदा तामाङले ३९३ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी उम्मेदवार लक्ष्मी खतिवडाले २१५ मत मात्र पाएर पराजित भए । विजयी तामाङले खतिवडाभन्दा १७८ मत बढी पाएका थिए। 

यस्तै, सचिवमा तामाङ प्यानलका उम्मेदवार महेन्द्र प्रधानले ३६४ र केशव पुरीले ३२१ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय देवेन्द्र लिम्बुले २९३ र जयबहादुर लिम्बुले १७२ मत पाए । यस्तै, सहसचिव पदमा तामाङ प्यानलका भोजकुमार न्यौपानेले ३७२ र सुमित राईले ३८२ मत पाएर विजयी भए । सचिव पदमा खतिवडा प्यानलका उम्मेदवारद्धय नविन ढकालले १६१ र नादर राईले २०७ मत मात्र पाएर पराजित भएका थिए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...