सुर्खेत। नेपाली काँग्रेस सुर्खेत क्षेत्र नम्बर एकमा झक बहादुर डाँगीको प्यानल विजय भएको छ। संस्थापन (देउवा)समुहबाट डाँगीको प्यानलले भारी मतअन्तरमा विजय हासिल गरेको हो।
सभापति डाँगीले सात सय १९ मत लिई विजय भएका छन् भने उनका प्रतिद्वन्द्वी बल बहादुर वलीले एक सय ३ मत प्राप्त गरेका छन्। जम्मा ९ सय १७ क्षेत्रीय प्रतिनिधिहरूमध्ये मंगलबार भएकाे निर्वाचनमा ८ सय ७४ मत खसेकाे थियाे।
क्षेत्रीय सचिवमा मोहन रानाले सात सय २० र पदम बहादुर खत्रीले सात सय १७ मत प्राप्त गरेका छन् भने, सह–सचिवमा प्रेम सिंह ठकुरीले ६ सय ८४ र यामलाल पंगालीले ६ सय ८७ मत प्राप्त गरी विजय हासिल गरेका छन्।
त्यस्तै, काँग्रेस केन्द्रिय महामन्त्री पूर्ण बहादुर खड्काले सुर्खेत क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिका लागि उम्मेद्वारी दिएका थिए। खड्काले ७ सय ३६ मत प्राप्त गरि विजय भएका छन्।
काँग्रेस केन्द्रीय समितिमा रहेका पदाधिकारी स्वतः महाधिवेशन प्रतिनिधि हुने विधानतः व्यवस्था भएपनि महामन्त्री खड्काले आफ्ना क्षेत्रका प्रतिनिधिद्वारा अनुमोदित भएर जाने भन्दै उम्मेद्वारी दिएका थिए।