News Portal

नेपाली कांग्रेस महाधिवेशन: प्युठानमा गोली चल्यो, प्रहरी सहित ७ जना घाइते

हिमालीसंचार संवाददाता
३५३ पटक

नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत प्युठान जिल्ला अधिवेशनको मतगणना स्थलमा गोली चलेको छ। मंगलबार राती मतगणना स्थल स्वर्गद्वारी क्याम्पसमा कांग्रेस कार्यकर्ता र नेपाल प्रहरीबीच झडप भएपछी गोली चलेको हो।

मत गणनाका क्रममा पौडेल-सिटौला पक्षका विष्णुकुमार गिरीले अग्रता लिएपछि युवाहरुको समूहले अचानक आक्रमण गरेको थियो। मत परिणाममा असन्तुष्टि जनाउँदै युवाहरुले प्रदर्शन गर्न थालेपछि प्रहरीले गोली चलाएको हो। घटनाले उग्र रुप लिएको भन्दै स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले सात सेल अश्रु ग्यास समेत प्रहार गरेको थियो। 

झडपका क्रममा एक जना प्रहरी जवान सहित कम्तिमा ७ जना घाइते भएका छन। प्रहरी जवान गोपाल जिसी घाइते भएका हुन्। त्यस्तै, प्रदर्शनकारीतर्फ घाइते हुनेमा २३ बर्षिया चन्द्र बहादुर गाह, कृष्ण बसेल, स्वर्गद्वारी नगरपालिका -२ का २० बर्षिया कमल घर्ती,नौबहिनी -६ का २६ बर्षिया कुंवर पुन, २३ बर्षिया बिनोद रिजाल र प्युठान नगरपालिका -७ का खेमराज पण्डित रहेका छन। घाइतेहरुलाई उपचारका लागि प्युठान जिल्ला अस्पताल बिजुवार पुर्याइएको छ। 

देउवा र पौडेल-सिटौला पक्षले प्यानल बनाएरै सम्पन्न भएको निर्वाचनको मत गणनास्थलमा आक्रमण भएको थियो। झण्डै दुई घण्टादेखि तनाव यो समाचार तयार पार्दासम्म साम्य भएको छैन। आक्रमणपछि अहिले मतगणना कार्य नै स्थगित भएको छ।

निर्वांचनमा देउवा पक्षबाट शिव रिजाल र पौडेल सिटौला पक्षबाट विष्णु कुमार गिरी मैदानमा छन। जिल्ला सभापति पदका लागि खसेको कुल १०६५ मतमध्ये एक हजार मत गणना हुँदा गिरी ६६ मतले अघि छन। 

अब जम्मा ६५ मत गणना हुन बाँकी छ। गिरी पक्षका कार्यकर्ता विजयी घोषणा गरी खुशी मनाइरहेका छन भने रिजाल पक्षले असन्तुष्टि जनाउदै नाराबाजी गरिरहेका छन। घटनाको विस्तृत विवरण आउन बाँकी छ। 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...