News Portal

एमाले महाधिवेशन: भव्य मञ्चमा ड्रोनको निगरानी

हिमालीसंचार संवाददाता
४०६ पटक

चितवन। नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १० देखि १२ सम्मका लागि तोकिएको छ। चितवनको नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन भई सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा बन्द सत्र हुनेछ।

अहिले उद्घाटन र बन्द सत्रका लागि भव्य मञ्चको निर्माण कार्य भइरहेको छ। दुवै स्थलको मञ्चमा अत्याधुनिक प्रविधिसहितको उपकरण जडान गर्ने काम भइरहेको छ। महाधिवेशन हुने स्थलमा कम्तिमा पनि दुईवटा ड्रोनले निगरानी गर्नेछ भने, मञ्च नेपालमा प्रयोग भएको सबैभन्दा अत्याधुनिक प्रविधिबाट निर्माण गरिँदैछ।

सोमबार प्रचार सहयोग समिति चितवनले महाधिवेशनको तयारीका सम्बन्धमा सोमबार भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक विनोद श्रेष्ठले ५ लाख नागरिकले सजिलै हेर्न मिल्ने गरी मञ्च निर्माण भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार एकै स्थानबाट ५ लाख मानिसले उद्घाटन सत्र हेर्न सक्नेछन्। साथै, प्रत्यक्ष लाइभमार्फत पनि महाधिवेशन हेर्न मिल्ने उनले बताए। उनले उद्घाटन सत्रका लागि लाइभ भिडियो क्यामेरा कम्तिमा दुई वटा ड्रोन क्यामेरा प्रयोग गरिने बताए।

संयोजक श्रेष्ठका अनुसार मंसिर ९ गते उद्घाटन सत्रको मञ्च तयार हुने र हस्तान्तरण गरिने बताए। उनका अनुसार हाल मञ्च निर्माणको ४० प्रतिशत काम सकिएको छ। बन्द सत्रतर्फ सौराहामा हुने महाधिवेशनका लागि मञ्च आइतबारदेखि नै सुरु भइसकेको संयोजक श्रेष्ठले बताए। उनका अनुसार बन्द सत्र हुने सौराहाको होटल सेभेन स्टार नजिकै खाली चौरमा आल्मुनियमको संरचना बनाइएको छ।

मंसिर १० गते उद्घाटन हुने सत्रमा सहभागी हुन विभिन्न ६ स्थानबाट र्‍याली निकालिनेछ। गैँडाकोट, आँपटारी, विशाल चोक, केन्द्रीय बस टर्मिनल, त्रिचोक, बेलचोकबाट र्‍याली निकालिने प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले बताए। उनका अनुसार जिल्लामा विभिन्न ६ वटा समिति निर्माण गरेर प्रचारप्रसारको काम अगाडि बढिरहेको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ९ गतेको राशिफल

आज पुष ९, २०८२ (डिसेम्बर २४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पाकिस्तानमा प्रहरीमाथि आक्रमण, पाँच जनाको मृत्यु

काठमाडौं, पुष ८ – पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको काराक जिल्लामा मङ्गलबार अज्ञात समूहले प्रहरीको गाडीमा...

जेनजी आन्दोलन छानबिनमा: रमेश लेखकलाई बयानका लागि बोलायो आयोग

काठमाडौं, ८ पुस – जेनजी आन्दोलनका घटनाहरूको छानबिनका लागि गठित जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री र...

निर्वाचनको मितिमाथि कांग्रेसको आशंका, सरकारको तयारीप्रति प्रश्न

काठमाडौं, पुष ८ – नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले आगामी फागुन २१ गतेका लागि तय...

कमलपोखरी संवाद सहमतितर्फ, बालेन–रवि सहकार्यको खाका बन्दै

काठमाडौं, पुष ८ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन...