News Portal

विभिन्न पार्टी परित्याग गरि गोल्चेका युवाहरु माओवादीमा प्रवेश

हिमालीसंचार संवाददाता
२८६ पटक

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र जुगल गाउपालिका वडा न. २ को प्रथम वडा अधिबेशन सम्पन्न भएको छ। सो सम्मेलनले वडा अध्यक्षमा तिर्थ लामिछने, उपाध्यक्षमा लाक बहादुर गोले, सचीवमा हिराबहादुर स्याङबो र सहसचिवमा सुक बहादुर स्याङबो सहितको २९ सदस्यिय वडा कमिटि निर्वाचित भएका छन् ।

उक्त वडा अधिवेशनको सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सदस्य माधब सापकोटा सुबोधले समाजको परिवर्तन र विकासका लागि माओवादी पार्टी एक मात्रै बिकल्प रहेको बताएका थिए। 

शुखि समाज र समृद्ध मुलुक बनाउनको लागि पुन एक पटक देश माओवादी मय हुन जरुरी रहेको बताएका थिए। यसको लहर शुरु भइसकेको समेत उनले बताए । 

यस्तै, कार्यक्रमलाई सम्बोधान गर्दै पाटी तथा गाँउपालिकाका अध्यक्ष नेता रेशम स्याङबोले भ्रमको खेती छर्दै हिँडने पालिका अध्यक्ष होम नारायण श्रेष्ठ जनताको सेवक नभइ शासक रहेको बताएका छन् । उनले सवै जनतालाई भ्रमको पछि नलाग्न समेत आग्रह गरेका छन् ।

सो वडा सम्मेलनमा विभिन्न परित्याग गरि दर्जनौं युवाहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नव प्रवेशी युवाहरू सिन्धुका युवा नेता सापकोटाले स्वागत गरेका छन् । 

उक्त कार्यक्रममा नेकपा माओवादी केन्द्र सिन्धुपालचोक जिल्ला सदस्य तथा जुगल गाउँपालिका ईन्चार्ज पदम बहादुर श्रेष्ठ, जिल्ला सदस्य बहादुर गोले, पालिका सचिव जग बहादुर तामाङ, अखिल क्रान्तिकारी महिला संगठन सिन्धुपालचोक जिल्ला को अध्यक्ष अम्बिका नेपाल, वाइसियल सिन्धुपालचोक जिल्ला संयोजक चित्र बहादुर तामाङ, जुगल २ का वडाअध्यक्ष प्रताप लामा लगायतको अपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...