News Portal

  • मोरङ जिल्लाबाट कान्छा उम्मेदवार बिरेन्द्रको उम्मेदवारी घोषणा

    हिमालीसंचार संवाददाता
    २०० पटक

    मोरङ – प्रदेश १ मोरङ जिल्लाको मध्यवर्ती क्षेत्र सुनवर्षी नगरपालिकाको युवा नेता बिरेन्द्र कुमार साहले नेपाली कांग्रेसको मोरङ जिल्ला सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । पत्रकार समेत रहेका २६ बर्षीय युवा नेता साह मोरङ जिल्लाबाट नेपाली कांग्रेसको जिल्ला सदस्यमा आफिनो उम्मेदवारी घोषणा गरेका हुन् ।

    पार्टी भित्रका गुट–उपगुट भन्दा पृथक पहिचान सहित नेपाली कांग्रेसको मूल्य, मान्यता, आदर्श र निष्ठाको राजनीतिक वाहक शक्तिको रुपमा स्थापित गर्ने उद्देश्य सहित आफुले सदस्यको पदमा उमेदवारी दिएको साहले हिमालीसंचारडटकमसंग बताए ।

    उम्मेदवारी घोषणासंगै साहले भने “मेरो उम्मेदवारी व्यक्तिगत स्वार्थको लागि नभएर पार्टी हितको लागि हुनेछ । पार्टी भित्र रहेका विकृति विसंगति हटाई मुल्य मान्यता र आदर्शको राजनीति स्थापित गर्न मैले उम्मेदवारी दिएको हो । नेपाली कांग्रेसमा सबै जातजाति अट्ने, खट्ने, जुट्ने सहित गरिब, धनि, मजदुर, किसान, गाउँ, शहर, युवा, बृद्ध, महिलाहरु लगायतको समान सहभागिता गर्न गराउन मोरङ सुनवर्षी नगरपालिकाको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसको मोरङ जिल्ला सदस्य पदमा मैले उम्मेदवारी दिने घोषणा गरेको छु ।”

    नेताको झोले भएर होईन, जनता कार्यकर्ताको मर्म, भावना अनुसार काम गर्न गराउन, युवाहरुको लागि पार्टिभित्र समान अवसरको वातावरण सृजना गर्न उम्मेदवारी दिएको विरेन्द्रले बताए। “राजनीति पेशा होईन सेवा हो, म सेवा गर्न सदैव तत्पर रहेको छु । जिल्ला सदस्य भएर अझै जिम्मेवारीका साथ पार्टीको हित र जनाताको हितमा निरन्तर खटि रहने छु । अझ भनौ थप उर्जा र जोशजाँगरका साथ सेवालाई निरन्तरता दिनेछु ।” उनले बताए । जिल्लाका सम्पूर्ण क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिले आफ्नो अमुल्य मत दिएर मलाई सेवा गर्ने अवसर मिल्ने साहको विश्वास छ।

    विरेन्द्रको राजनीतिक यात्रा

    वि.सं २०५२ साल चैत्र २२ गते मोरङको साविक अमरदह गाबिस वडा नम्बर २ सुगामा जन्मेका विरेन्द्र कक्षा-६ देखि नै नेपाली कांग्रेसको राजनीतिमा सक्रीय रहेका छन् । प्रखर बक्ताका रुपमा सानैदेखि आफ्नो छबि बनाएका बीरेन्द्रलाई नेपाली काँग्रेसका नेताहरुले अमरदह स्थित श्री बीरेन्द्र सार्वजानिक माध्यमिक विधालयको ने.वि.संघ सचिबमा मनोनित गरेका थिए । उनी त्यतीबेला हसन्दह बाल क्लबका अध्यक्ष समेत रहेका थिए ।

    सानै उमेरदेखि सामाजिक कार्यमा सक्रिय रहेका विरेन्द्र नेबिसंघमा रहँदा बिद्यार्थीहरुको असल नेताको रुपमा आफ्नो छबि बनाउन सफल भए । आफु स्कुलमा पढ्दा पनि क्याम्पस पढ्ने बिद्यार्थीहरुको समस्या समाधान गरेको बिरेन्द्रले सुनाए ।

    उनी कक्षा ८ मा पढ्दा नेविसंघ मोरङ क्षेत्र २ को क्षेत्रीय सचिवमा समेत निर्वाचित भएका थिए । आफ्नो विचार राख्ने कुशलता र भाषणकलाले लोकप्रियता पाएका विरेन्द्र कक्षा ९ मा पढ्दा नेपाली काँग्रेस अमरदहको क्रियासिल सदस्यको मान्यता पाए । किशोरा अवस्थादेखि नै पार्टीको क्रियासिल सदस्यता पाएका विरेन्द्र कक्षा १० मा पढ्दा नेपाली काँग्रेस अमरदह गाबिसको सह–सचिबमा मनोनित भए । 

    नेता तथा कार्यकर्ताबीच लोकप्रिय रहेका विरेन्द्र स्थानीय राजनीतिमा आफ्नो प्रभाव जमाउन सफल भए । उनी सह–सचिब भएपनि सचिब सरह नै हरेक कार्यक्रम संचालन गर्थे । तत्कालिन अमरदह गाविस सुनवर्षी नगरपालिकामा परिणत भएपश्चात नगर सचिव भएर कार्य गरेको विरेन्द्रले बताए । हाल उनी दर्जनौं संघ–संस्थामा आबद्ध रहेका छन् ।

    बिराटनगरलाई केन्द्र बनाएका विरेन्द्र पत्रकारिकता संगै राजनीति र समाज सेवामा समेत सकृय रहेका छन् । कोमल मन भएका विरेन्द्र समाज सेवामा समर्पित रहेका छन् । सहयोगी भावना र समाजका लागि केही गर्ने दृढ इच्छा शक्ति भएकाले नै उनी समस्यामा परेकाहरुलाई यथा सम्भव सहयोग गर्दै आइ रहेका छन् । आफ्नो गाउँ क्षेत्र वाहेक बाहिरी जिल्ला र प्रदेशकाहरुलाई समेत विरेन्द्रले सहयोग गरेका उनका निकटतम साथीहरुले बताए ।

    कोरोना महामारिको विषम परिस्थितीमा समेत अफ्नो ज्यानको प्रवाह नगरी समस्यामा परेकाहरुलाई साहले सहयोग गरेका छन् । उनले लकडाउन अवधिमा मात्र नभई अन्य समयमा समेत स्वास्थ्य समस्या भएकाहरुको लगि एम्बुलेन्स व्यवस्थापन देखि अस्पताल भर्ना, रगतको व्यवस्था, चिकित्सक परामर्श सहितको कार्यमा आफ्नो तत्परता देखाउँदै आइ रहेको छ । उनले उपचारको लागि आर्थिक अभाव भएकाहरुको लागि आर्थिक सहयोग समेत उपलब्ध गराएका छन् । विरेन्द्र कयान्सर पिडीतलाई बिराटनगर देखि काठमान्डौं सम्म लगेर निशुल्क उपचार समेत गराएका हुन् ।

    सुनवर्षि नगरपालिकाको बालबालिका देखि लिएर युवा, वृद्ध, महिला समेत हरेक जातजातिका सबै उमेर समूहका ब्यक्तिहरु माझ सामाजिक कार्य र सहयोगि मनका कारण उनी लोकप्रिय बनेका छन् । बीरेन्द्र सानैदेखि आफ्नो क्षेत्रमा दुःखमा परेका बिरामिहरुलाई निःशुल्क उपचार गराउन देखि आर्थिक सहयोग सहित अन्य सहयोगमा समेत अग्रस्थानमा उभिएका छन् ।

    प्रतिकृया दिनुहोस्

    सोनी भण्डारीको “मनै भरिन्छ” सार्वजनिक (भिडियोसहित)

    युएई। युएईको नेपाली समुदायमा मनकारी व्यक्तित्व तथा सफल सामाजिक अभियन्ताका रूपमा परिचित ताप्लेजुङ सेवा समाज...

    अन्तत: कांग्रेसकै लाइनमा प्रचण्ड, छानबिन समिति बनाउने सहमती

    काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरुबीचको छलफल सकिएको छ। प्रधानमन्त्रीको सरकारी...

    संखुवासभामा माछा मार्ने क्रममा छेम्बीको करेन्ट लागेर मृत्यु

    जेष्ठ-५, शनिबार/संखुवासभा – संखुवासभा चिचिला गाउँपालिका वडा नम्वर-२ स्थित कागुवा खोलामा करेन्ट लगाएर माछा मार्ने...

    दोस्रो अल्फा विटा ओपन बास्केटवलको उपाधि आइएसए नेपाल र इमोर्टल क्लबले जित्यो (फोटो फिचर)

    जेठ-४, शुक्रबार/धरान – धरान बास्केटवल संघ तथा धरान बास्केटवल संघको संयोजनमा आयोजित दास्रो अल्फा विटा...

    महानगरको शौदर्यकरणका लागि कुमारी बैंकद्वारा आर्थिक सहयोग

    जेष्ठ-४, शुक्रबार/मोरङ – विराटनगरमा रहेको  कुमारी बैंक लिमिटेडले आर्थिक सहयोग गरेको छ।  विराटनगर महानगरपालिका क्षेत्रभित्र...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal