News Portal

  • माधव नेपालले देउवाकै अगाडि रामचन्द्र पौडेललाई कांग्रेस सभापति भनेपछि..

    हिमालीसंचार संवाददाता
    ३०३ पटक

    काठमाडौँ। काठमाडौंको मण्डिखाटारमा पतञ्‍जलि योगपीठले आयोजना गरेको कार्यक्रममा एकजना अतिथि थिए माधवकुमार नेपाल। नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपाल बाबा रामदेवको निम्ता मान्न छोटो समय लिएर पुगेका थिए।

    काठमाडौं बाहिर जानुपर्ने भएपछि उनले आयोजकसँग सबैभन्दा पहिले मन्तव्य राख्ने समय मागे। पतञ्‍जलिको दुई वटा स्याटेलाइट टिभी उद्घाटन कार्यक्रमका क्रममा बाबा रामदेवले समय दिँदै नेपाललाई पहिले बोल्न आग्रह गरे।

    टीभी च्यानलको उद्घाटनअघि नै छोटो भनाइ राखेका नेपालले सुरुमै गडबड गरे। उनले बाबा रामदेवबाट सम्बोधन सुरु गरेर आचार्य बालकृष्ण हुँदै प्रधानमन्त्री शेरबहादुर देउवालाई आदरणीय भनेर बोलाए। अध्यक्ष नेपालले त्यसपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्झिए। त्यसपछि उनले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई सम्बोधन गरे।

    कांग्रेसको १४ औँ अधिवेशनमा देउवालाई विस्थापित गरेर आफू सभापति हुने दौडमा छन् पौडेल। यस्तोमा नेता नेपालले पौडेललाई सम्बोधनका क्रममा अलमलिन पुगे। ‘नेपाली कांग्रेसका सभापति… ला, सभापति पो भनेछु’, उनी त्यहीँ रोकिए।

    पौडेलको नाम लिएर सम्बोधन गर्दै गर्दा कांग्रेस सभापति बन्ने दौडमा रहेका विमलेन्द्र निधितर्फ उनको ध्यान गयो। त्यसपछि तत्कालै निधिले पनि अलमलिँदै नमस्कार गरे। केहीबेरको अलमलपछि फेरि नेपालले सम्बोधन गर्दै अघि बढे। ‘सभापति भनिहालेँ, भविष्यको हो कि हाम्रो रामचन्द्रजी!’ तर नेपालले उक्त सम्बोधन गरिरहँदा प्रधानमन्त्री एवम् सभापति देउवा पनि मञ्चमै थिए।

    देउवा फेरि पनि कांग्रेस सभापतिमा दोहोरिने दाउमा छन्। यस्तोमा रामचन्द्रलाई अकमकिएर सभापति भनेका नेपालले कुरा मिलाउन थाले। मञ्चको अलिक पर रहेका देउवालाई लक्षित गर्दै नेपालले कुरा मिलाउने शैलीमा भने, ‘प्रधानमन्त्रीलाई चिसो पस्ला, तर केही छैन।’

    त्यसपछि मञ्चमै रहेका देउवा मुस्कुराए। अनि हातले नेपाललाई इसारा गरे। यति बेलासम्म नेपालको उक्त गल्तीले दर्शकदीर्घसम्म हाँसो छुटिसकेको थियो। उक्त कार्यक्रमा प्रधानमन्त्री देउवा, प्रचण्ड, नेपालसहितका नेताहरुले सम्बोधन गरेर रामदेव र आचार्य बालकृष्णको प्रशंसा गरे।

    उक्त कार्यक्रममा प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस वरिष्ठ नेता पौडेलसहितका सत्तारुढ दलका नेताहरु कार्यक्रममा सहभागी थिए। कांग्रेसका मन्त्रीदेखि नेताहरुसम्म दर्जनौँ सहभागी हुँदा प्रतिपक्षी एमालेका तर्फबाट भने अध्यक्ष ओलीसहित अन्य कोही नेता सहभागी थिएनन्।

    कांग्रेसबाट उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री डा.नारायण खड्का, नेतृ सुजाता कोइरालासमेत सहभागी थिए। कार्यक्रममा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित अन्य नेता पनि सहभागी थिए। मधेसवादी दलका नेताहरु पनि उत्तिकै त्यहाँ थिए।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार २५ गतेको राशिफल

    आज असार २५, २०८२ (जुलाई ९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आउँदो शुक्रबार झापाली समाज कुवेतकाे छैटौं अधिवेशन हुँदै

    कुवेत सिटी। झापाली समाज कुवेतको छैटौं महाधिवेशनकाे सम्पर्ण तयारी पूरा भएको छ। यही जुलाई ११...

    रसुवामा बाढीले विनाश : ५५ जना उद्धार, १८ अझै बेपत्ता

    काठमाडौं, असार २४ – चीनतर्फबाट आएको बाढीका कारण रसुवागढी क्षेत्रमा ठूलो जनधनको जोखिम देखिएको छ...

    स्वयम्भूमा बस्दै आएका चिनियाँ नागरिक डेढ करोड रुपैयाँसहित पक्राउ

    काठमाडौं, असार २४ – राजधानीको बौद्ध क्षेत्रमा स्रोत नखुलेको ठुलो रकमसहित एक चिनियाँ नागरिक पक्राउ...

    मोरङमा पुर्खौली सम्पत्तिको अंश विवादले भाउजुको हत्या, देवर पक्राउ

    मोरङ, असार २४ – मोरङको रतुवामाई नगरपालिका–६ मा पुर्खौली सम्पत्तिको अंश विवादले ज्यानै जाने घटना...