News Portal

विश्वप्रकाशले सार्वजनिक गरे अवधारणा पत्र

हिमालीसंचार संवाददाता
३०२ पटक

काठमाडौं – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले१४औं महाधिवेशनमा दल र देश रुपान्तरणसम्बन्धी अवधारणा पत्र सार्वजनिक गरेका छन् । महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका प्रवक्ता शर्माले बुधबार चितवनमा एक कार्यक्रमका बीच अवधारणा पत्र सार्वजनिक गरेका हुन् ।

उनले देश रुपान्तरणका लागि दलमा रुपान्तरण अनिवार्य शर्त भएको उल्लेख गरेका छन् । दल रुपान्तरणका लागि दल र दलका भातृ एवं शुभेच्छुक संस्थाहरुको घरेलु जीवनको परिमार्जित व्यवस्थापन आवश्यक रहेकोमा शर्माको जोड छ ।

‘दलहरूको रुपान्तरण अपेक्षित गतिमा नभएकै कारण कतिपयले निर्वाचनमा ‘खराब मध्येको कम खराब’ लाई छान्ने अभिव्यक्ति दिने गर्दछन् । ‘राम्रो मध्येको बढि राम्रो’ दललाई जनताले छान्न पाउने परिस्थितिको निर्माण गर्न दलहरू बीच रुपान्तरणको प्रतिस्पर्धात्मक जोड चलोस् भन्ने जनअपेक्षा देखिन्छ,’ शर्माले अवधारणापत्रमा लेखेका छन्, ‘१४ औं महाधिवेशनपछि देशलाई सहि विचारको नेतृत्व, विचारलाई सहि राजनीतिको नेतृत्व, राजनीतिलाई सक्षम र स्वच्छ छविको नेतृत्व अनि विकास परियोजनाहरुलाई गलत राजनैतिक नियतको द्वन्द्वबाट मुक्त’ यो उच्चतम सोच र भावनालाई कांग्रेसले सम्बोधन र नेतृत्व गर्नुछ ।’

प्रवक्ता शर्माले लोकतन्त्रमा दलको विकल्प दल नै भएको उल्लेख गर्दै राजनीतिक रुपान्तरण गर्न सफल दलहरुले आफैलाई रुपान्तरणका लागि गम्भीर बन्नुपर्ने बताएका छन् । उनले १४ औं महाधिवेशनपछि कांग्रेसले आफ्नो नेतृत्वमा भएका उपलब्धीलाई व्यापकरुपम प्रचार गर्नुपर्ने अवधारणा पत्रमा उल्लेख गरेका छन् । ‘अनि विगतमा सत्ता संचालन क्रममा भएका कतिपय कमजोरीलाई आत्मसात गरौं ।

१४ औं महाधिवेशन पछिको नीति अधिवेशनबाट देशका लागि साझा १५ बर्षे सपना र संकल्पको खाका निर्माण गरौं,’ अवधारणापत्रमा लेखिएको छ, ‘राजनीति बाहिर रहेका कांग्रेसको शुभेच्छुक तर निस्चित बिषयको दक्ष व्यक्तित्वहरुलाई देश रुपान्तरणको महा अभियानमा उर्जायुक्त ढंगले सरिक गराउन आवश्यक निति र व्यवस्थापनको सोच तय गरौं ।’

उनले कांग्रेसमा ४० बर्ष मुनिका कृयाशिल सदस्यको संख्या करिब ४० प्रतिशत रहेकाले प्रदेश र केन्द्रीय कार्यसमितिमा उनीहरुको प्रतिनिधित्वमा जोड दिएका छन् । ‘किशोर पुस्ताको नेतृत्व विकासलाई बल पुर्‍याउन प्रदेश र केन्द्र दुवैको अधिवेशनमा सहभागी हुने ३० या ४० बर्ष सम्मका प्रतिनिधिहरु उम्मेदवार बन्न पाउने र आपसमा प्रतिस्पर्धा गर्नेगरी केन्द्रिय समिति र प्रदेश समितिको १० प्रतिशतको संख्यालाई खुला प्रतिस्पर्धाबाट प्रदेश र केन्द्रको किशोर सदस्यका रूपमा ल्याउँदा त्यसले युवालाई प्रोत्साहित र प्रशिक्षित दुवै गर्नेछ,’ प्रवक्ता शर्माले भने ।

भदौ २४ मा वीपी जयन्तीका दिन महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका शर्माले असोज ३ मा राजनीतिमा परिवर्तनसम्बन्धी अवधारणा सार्वजनिक गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...