News Portal

  • डा.शशांक कोइराला र प्रकाशमान सिंह लडाइँको मैदानमा उत्रिए

    हिमालीसंचार संवाददाता
    ३६१ पटक

    काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा माहोल तात्दै गएको छ। महाधिवेशनको सन्दर्भमा कुनै बेला घाँटी जोडेका ‘युवराजहरू’ महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंह अहिले लडाइँको मैदानमा उत्रिएका छन।

    डा.कोइरालाले प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैन भन्ने अभिव्यक्ति दिएको सार्वजनिक भएपछि अर्का युवराज प्रकाशमान आक्रोशित बनेका छन्। एक नम्बर प्रदेशको राजधानी विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसने आयोजना गरेको कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरे।

    कांग्रेस पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको आरोप सिंहले लगाए। डा.कोइरालालाई जवाफ दिँदै सिंहले आफू ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको मान्छे भएको स्पष्ट पारे। सिंहले पदमा बसेर काम नगरेकाहरूले आफूविरुद्ध कुप्रचार गरेको आरोप समेत लगाए।

    पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा समेत जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म। आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानोको के छ के छ भन्दै उफ्रने ?’

    पहिले–पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुष्प्रचार नियतवश हुन थालेको भन्दै सिंह कडा आक्रोश पोखेका छन्। केही समयअघि डा. कोइराला, सिंह र उपसभापति बिमलेन्द्र निधिले संयुक्त छलफल र बैठक गर्ने गरेका थिए। तर महाधिवेशनको मिति नजिकिँदै गर्दा कोइराला र सिंह एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

    नेता सिंहले आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको स्पष्ट पारे। उनले भने, ‘हो म गणेशमान र मंगलादेवीको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ।’

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...