News Portal

डा.शशांक कोइराला र प्रकाशमान सिंह लडाइँको मैदानमा उत्रिए

हिमालीसंचार संवाददाता
४०३ पटक

काठमाडौं। सत्तारुढ दल नेपाली कांग्रेसको १४औं महाधिवेशन नजिकिँदै गर्दा माहोल तात्दै गएको छ। महाधिवेशनको सन्दर्भमा कुनै बेला घाँटी जोडेका ‘युवराजहरू’ महामन्त्री डा.शशांक कोइराला र प्रकाशमान सिंह अहिले लडाइँको मैदानमा उत्रिएका छन।

डा.कोइरालाले प्रकाशमानलाई काठमाडौंबाहिर कसैले चिन्दैन भन्ने अभिव्यक्ति दिएको सार्वजनिक भएपछि अर्का युवराज प्रकाशमान आक्रोशित बनेका छन्। एक नम्बर प्रदेशको राजधानी विराटनगरमा बुधबार गणेशमान सिंह स्मृति फाउन्डेसने आयोजना गरेको कार्यक्रममा बोल्दै नेता प्रकाशमान सिंहले आफूविरुद्ध दुष्प्रचार गर्नेहरूले हद नाघेको टिप्पणी गरे।

कांग्रेस पार्टीमा सभ्यताको बहस हुने गरे पनि आफूविरुद्ध टिप्पणी गर्नेहरू असभ्य भएको आरोप सिंहले लगाए। डा.कोइरालालाई जवाफ दिँदै सिंहले आफू ग्रासरुटबाट राजनीति र संगठन गरेर आएको मान्छे भएको स्पष्ट पारे। सिंहले पदमा बसेर काम नगरेकाहरूले आफूविरुद्ध कुप्रचार गरेको आरोप समेत लगाए।

पूर्व महामन्त्री समेत रहेका सिंहले भने, ‘संविधान जारी हुँदा उपप्रधानमन्त्री भएको मान्छे हुँ, गिरिजाप्रसाद कोइरालाको उपसभापति, सुशील कोइरालाको निर्वाचित महामन्त्री र शेरबहादुरले पार्टी विभाजन गर्दा समेत जिम्मेवार पदमा बसेर काम गरेको मान्छे हुँ म। आफू कुनै पदमा बसेको छैन, अरुलाई पनि त्यही देख्ने, फलानोको के छ के छ भन्दै उफ्रने ?’

पहिले–पहिले काठमाडौंले पनि नचिन्ने भन्दै आफूविरुद्ध प्रचार भए पनि पछिल्लो समय काठमाडौं बाहिर कसैले नचिन्ने भन्दै दुष्प्रचार नियतवश हुन थालेको भन्दै सिंह कडा आक्रोश पोखेका छन्। केही समयअघि डा. कोइराला, सिंह र उपसभापति बिमलेन्द्र निधिले संयुक्त छलफल र बैठक गर्ने गरेका थिए। तर महाधिवेशनको मिति नजिकिँदै गर्दा कोइराला र सिंह एकआपसमा आरोप–प्रत्यारोपमा उत्रिएका छन्।

नेता सिंहले आफू गणेशमान र मंगलादेवीको छोरा भए पनि पार्टी र देश संकटमा पर्दा ज्यानको बाजी राखेर आन्दोलनमा होमिएको स्पष्ट पारे। उनले भने, ‘हो म गणेशमान र मंगलादेवीको छोरा हुँ र म पार्टी संकटमा हुँदा ज्यानलाई बाजी राखेर काम गरेको मान्छे पनि हुँ।’

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...