News Portal

एमाले महाधिवेशन प्रतिनिधिमा प्रदेश सांसदलाई वडाध्यक्षले हराए

हिमालीसंचार संवाददाता
४६४ पटक

झापा।
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनौटका लागि भएको निर्वाचनमा पूर्वमन्त्री नै पराजित भएका छन्। झापा निर्वाचन क्षेत्र नम्बर-४ बाट छानिएका ९ जना महाधिवेशन प्रतिनिधिमा सोही क्षेत्रको प्रदेश ‘ख’ बाट सांसदसमेत रहेका हिरा थापा पराजित भएका हुन्।

उनी १ नम्बर प्रदेशका निवर्तमान भूमि व्यवस्था, कृषी तथा सहकारी मन्त्री हुन्। थापालाई शिवसताक्षी नगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष भैरवकुमार श्रेष्ठले हराएका हुन्। श्रेष्ठले भन्दा ७३ मत कम पाउँदा थापा महाधिवेशन प्रतिनिधि हुन सकेनन्। शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन्।

मंसिर १० देखि १२ सम्म चितवनमा हुने एमालेको १० औं राष्ट्रिय महाधिवेशनका लागि क्षेत्र नम्बर ४ बाट कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरूषतर्फको खुला प्रतिनिधिमा सर्वाधिक मत प्राप्त गरे। उनले १७०४ मत पाएका छन्।

यस्तै नेकपा एमाले शिवसताक्षी नगर कमिटीका निवर्तमान अध्यक्ष धनवहादुर थेवेले १५३२, शिवसताक्षी नगर पालिकाका प्रमुख चन्द्रकुमार शेर्माले १४६२ मत प्राप्त गरेर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

यस्तै पार्टीका झापा जिल्ला सचिवालय सदस्य शिवसताक्षीका राधाकृष्ण खनालले १४००, कनकाई नगरका खेमनाथ मिश्र १३४०, र शिवसताक्षीका भैरवकुमार श्रेष्ठले १३०२ मत पाएर महाधिवेशन प्रतिनिधिमा चयन भएका छन्।

महिलातर्फ सर्वाधिक मत ल्याएर झापा गाँउपालिकाकी अमृता राई प्रतिनिधि चुनिएकी छन्। उनले २३१४ मत पाएकी हुन्। उनले कुल खसेको मतको ७१.०९ प्रतिशत मत पाएकी हुन्।

यस्तै, कनकाई नगरपालिकाकी चम्पादेवी खनालले २२११ र शिवसताक्षीकी इन्दिरा बस्नेत (भरत)ले १९३० मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका छन्।

प्रतिकृया दिनुहोस्

नियमावलीमै व्यवस्था, तर क्यालेन्डरमै छैन प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर

काठमाडौं-प्रतिनिधिसभा नियमावलीले प्रत्येक महिनाको पहिलो हप्तामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम अनिवार्य गरे पनि आगामी जेठ...

शिक्षा मन्त्रालयबाट कर्मचारी नआउँदा शिक्षकलाई काज सरुवा, ६ वर्षदेखि शिक्षा शाखामै कार्यरत

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाको शिक्षा शाखामा कर्मचारी अभावका कारण एक शिक्षकलाई काज सरुवा गरेर...

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...