News Portal

सुदूरपश्चिमका प्रदेश प्रमुख जोशीद्वारा पदभार ग्रहण

पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु- देवराज जोशी

हिमालीसंचार संवाददाता
३२३ पटक

काठमाडौँ।
सुदूरपश्चिम प्रदेशका नव नियुक्त प्रदेश प्रमुख देवराज जोशीले आज धनगढीस्थित प्रदेश प्रमुखको कार्यालयमा आफ्नो पदभार ग्रहण गरेका छन्। प्रदेश प्रमुखको कार्यालयमा पुग्दा उनलाई सुदूरपश्चिम प्रदेश सरकारका मन्त्री, प्रदेशसभाका सभामुख र सदस्यहरू, प्रदेश सरकार उच्च पदस्थ कर्मचारीले स्वागत गरेका थिए।

विसं २०२० मा बाजुराको साविक कुलमाडौँ गाविस (हाल बुढीगङ्गा नगरपालिका–५मा) जन्मिएका उनी  प्रजातन्त्र स्थापनाका लागि भएका सङ्घर्षका क्रममा पटकपटक पक्राउ समृेत परेका थिए। बाजुराकै भानुदय माविमा प्रवेशिका परीक्षा(एसएलसी)उत्तीर्ण गरेका उनले कैलाली बहुमुखी क्याम्पस धनगढीबाट प्रमाणपत्र तह र त्यसपछि त्रिभुवन विश्व विद्यालयबाट अङ्ग्रेजी विषयमा डिप्लोसम्मको अध्ययन गरेका थिए।

विसं २०४६ मा भएको राजनैतिक परिवर्तनसँगै २०४८ मा भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा निर्वाचित उनी देशकै कान्छो प्रतिनिधिसभा सदस्य थिए। नेपाली कांग्रेसले टिकट दिएपछि उनी भानुदय माविको शिक्षक पदबाट राजीनामा गरेर प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका थिए। उनी पहिलो संविधान सदस्यका लागि भएको निर्वाचनमा बाजुराबाट निर्वाचित भएका थिए। सशस्त्र युद्धको समयमा तत्कालिन बिद्रोही माओवादीले विसं २०५८ मा उनलाई अपहरण गरेर ८२ दिनसम्म बेपत्ता पारेको थियो।

पदभार ग्रहणपछि रासससँग कुरा गर्दै उनले सबैको सहयोगमा आफूले पदीय जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे। प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाले आफूप्रति विश्वास र भरोसा गरेर प्रदेश प्रमुखको जिम्मेवारी दिएकोमा आभार व्यक्त गर्दै उनले भने, ‘पदअनुकूलको आचरण र व्यवहार गर्न आफू प्रतिबद्ध छु, काम गर्दा सबैबाट सहयोग प्राप्त हुने विश्वासमा छु।’ देश सङ्घीय संरचनामा गएसँगै सुदूरपश्चिम प्रदेशमा नियुक्त हुने उनी चौथो प्रदेश प्रमुख हुन्।

प्रतिकृया दिनुहोस्

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सामान्य कथाकाे असामान्य प्रस्तुति उपन्यास ‘राइपाली भन्ज्याङ’

काठमाडौँ – नेपाली साहित्यमा सामाजिक यथार्थलाई जीवन्त रूपमा प्रस्तुत गर्ने उपन्यासहरूको सूचीमा लेखक को कृति...