News Portal

आगामी १० औं महाधिवेशनको अध्यक्ष पदमा उठ्ने भीम रावलको घोषणा

हिमालीसंचार संवाददाता
२७५ पटक

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मंसिरमा हुन लागेको पार्टीको १० औं महाधिवेशनमा अध्यक्ष पदमा उठ्ने बताएका छन्।

गृहजिल्ला अछामस्थित साँफेबगर नगर कमिटीको प्रथम बैठकलाई मंगलबार सम्बोधनका क्रममा रावलले कार्यकर्ताको भावना अनुसार आफू पार्टी अध्यक्षमा लड्ने तयारीमा जुटेको बताएका हुन्। रावलले अनेक क्षतिबीच अघि बढेको एमालेलाई महाधिवेशनबाट बलियो र एकतावद्ध बनाउनुपर्नेमा पनि जोड दिएका छन्। 

‘यो महाधिवेशनबाट एमालेलाई बलियो बनाउनुपर्छ। अध्यक्ष केपी शर्मा ओलीले आफैंले सही गरेको निर्णय कार्यान्वयन गर्नेमा अझै विश्वस्त छु’, उनले भने, ‘यदि असार २७ को १० बुँदे सहमति र अन्तरपार्टी निर्देशन-१२ अनुसारको निर्णय कार्यान्वयन गरेनन् भने त्यही हामी पनि कदम चालौँला।’

रावलले गृहजिल्लाका कार्यकर्तालाई सम्बोधनका क्रममा ‘आफू कुन पदमा उठ्दा उचित होला?’ भनेर सोधे। त्यसपछि कार्यकर्ताहरूले अध्यक्ष, अध्यक्ष, अध्यक्ष भनेर हुटिङ गरे। ‘तपाईंहरु जेमा उठ् भन्नुहुन्छ म त्यसमै उठ्छु’, उनले भने, ‘कार्यकर्ताले अध्यक्षमा उठ्नु भनेका छन्। तपाईंहरुले पनि त्यही भन्नु भएको छ। तपाईंहरुको यो आवाजलाई कमजोर हुन दिन्नँ।’

उनले चुनावमा उठ्दा केपी ओलीदेखि माधव नेपालसम्म पटक पटक हारेको स्मरण गरे। ‘चुनावमा उठेपछि नहार्ने को छ र? आठौं महाधिवेशनमा केपी ओली र म एकै प्यानलमा हारेका थियौँ। म संविधानसभामा हारेको थिएँ, २०४८ सालमा पनि हारेकै हो। माधव नेपालले पनि काठमाडौंमा चुनाव हारेका थिए’, उनले भने, ‘चुनावमा उठेर हार्ने जित्ने मुख्य कुरा होइन। मुख्य कुरा त देशको लागि, समानताका लागि झण्डा उठाउने कुरा हो। कार्यकर्ताको भावनालाई कदर गर्दै दशौँ महाधिवेशनमा अध्यक्षमा उठ्छु।’

पार्टी धेरै गम्भीर समस्या झेल्दै यहाँसम्म आएको पनि बताएका छन्। ‘देशका लागि राम्रै होला भनेर एमाले र माओवादीबीच एकता भएको थियो। तर नेकपा भंग गर्न ठूलो षडयन्त्रको जाल बुनेको थियो,’ उनले भने, ‘नेकपा एकता भंग भएपछि एमालेलाई २०७५ जेठ २ मा जाऊ भन्यो अदालतले। तर फागुन २८ मा अध्यक्षले एकतर्फी निर्णय गरे। पार्टी बनायो बनायो फेरि भताभूंग भइरह्यो।’

एमालेलाई अदालतको फैसला अनुसार अघि बढाऊँ मात्रै भनेको बताए। ‘अन्तरपार्टी निर्देशन १२ सबैतिर लागु भयो। झापामा पनि लागु भयो। तर सुदूरपश्चिममा लागु भएन १० बुँदे र अपानि १२ पनि’, उनले भने, ‘बैठकमा नेतृत्वले मेरो कुरा नसुनेपछि पार्टीभन्दा बाहिर बोलेको हुँ। एमालेलाई एक बनाऊँ भनेको हो मैले। म अहिले पनि एमाले २०७५ जेठ २ को अडानमा यथावत छु। हाम्रो पार्टी नफुटोस्, कार्यकर्ता नफुटुन्, गाउँ गाउँमा झगडा नहोस् भनेको हो।’

आफू जेठ २ को अडानमा यथावत रहेको उनले दोहोर्‍याए । ‘म त्यसमा दृढ छु उभिरहन्छु। म लत्रिएर गएर तपाईंहरुको शीर झुकाउँदिन म अडान छाड्दिनँ’, उनले भने, ‘कार्यकर्ता एक भएर बस्नुस्। हामी अन्तिसम्म यो पार्टीलाई जोगाउन लाग्छौँ।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...