News Portal

नारायणकाजी सत्ता गठबन्धनसँग असन्तुष्ट, शीर्ष नेताहरु सच्चिने बेला भइसक्यो

हिमालीसंचार संवाददाता
३२४ पटक

काठमाडौँ।
नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच दलीय गठबन्धनको कार्यशैलीमा असन्तुष्टि प्रकट गरेका छन्। प्रतिनिधिसभा विघटनविरुद्ध संघर्ष गरेको पाँच दलको गठबन्धन अहिले शीर्ष नेताहरुको गठबन्धनमा परिणत भएको भन्दै अन्य नेतालाई भूमिका नदिएकोमा उनले आपत्ति जनाएका छन्।

गठबन्धनको भूमिका प्रभावकारी बनाउन गठन गर्ने भनिएको समन्वय समिति पनि अहिलेसम्म बन्न नसकेकोमा उनले रोष प्रकट गरेका छन्। ‘५ दलीय गठबन्धनको केही समयअघिको बैठकले गठबन्धनको प्रभावकारी भूमिकाका निम्ति दलीय समन्वय समिति बनाउने निर्णय गरेको थियो,’ उनले भनेका छन्, ‘तर अहिलेसम्म पनि त्यो निर्णय कार्यान्वयन नहुनु उचित होइन। त्यसैले तत्काल त्यस्तो समिति बनाउने निर्णय गरौँ।’

श्रेष्ठका अनुसार सरकार सञ्चालन संयन्त्र भन्दा फरक समिति बनाएर गठबन्धन अघि बढाउने कुरा कार्यान्वयन हुन नसकेको हो। उनले प्रतिनिधिसभा पुन:स्थापना अघिसम्म माथिदेखि तलसम्म नेता कार्यकर्ता आन्दोलित भएको पनि स्मरण गराएका छन्। तर अहिले गठबन्धन शीर्ष नेतामै सीमितिकोमा उनले असन्तुष्टि जनाएका छन्।

‘अदालतले संविधानसम्मत प्रतिनिधिसभा सुचारु गरेर देउवा सरकार गठन भएयता सङ्घर्षको बेलाको दलहरुको गठबन्धन शीर्षस्थ नेताहरुको गठबन्धनमा परिणत भएजस्तो देखिनु राम्रो होइन’, उनले अगाडि भनेका छन्, ‘के सरकार बनेपछि निर्णय प्रक्रिया फराकिलो घेराबाट साँघुरो घेरामा सर्ने यस्तो स्थितिको पुनरावृत्ति हाम्रो नियति झैँ बन्न मिल्छ र? सच्चिऔँ।’

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...