News Portal

  • ४९ वर्ष एमालेका सहकर्मी ओली-नेपाल, को नक्कली को सक्कली ?

    हिमालीसंचार संवाददाता
    २६३ पटक

    काठमाडौं। 
    करिब ४९ वर्ष एउटै पार्टीमा रहेका दुई नेता जीवनको उत्तरार्धमा एकले अर्कालाई नक्कली कम्युनिस्ट घोषणा गर्दै हिँडेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली र भर्खरै पार्टी विभाजन गरी नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनेका माधवकुमार नेपाल दुवैले एकले अर्कालाई नक्कली कम्युनिस्टको आक्षेप लगाइरहेका छन्।

    वामपन्थीको सरकार ढालेर कांग्रेसलगायतका पार्टीसँग मिली दक्षिणपन्थी सरकार बनाउन पहल गरेको र संसदीय इतिहासमा सबैभन्दा कलंकित भएकाले नेपाल नक्कली कम्युनिस्ट भएको ओलीको तर्क छ। गत असार २८ गते सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिका नाममा परमादेश जारी गरेपछि ओलीले नेपाललाई गद्दार र नक्कली कम्युनिस्टको आरोप लगाए, त्यसयता पनि दोहोर्‍याउँदै आएका छन्।

    ओलीले संविधान मिच्न खोजेको विश्लेषण गर्दै नेपालले देउवालाई प्रधानमन्त्री बनाउन मोर्चाबन्दी गरेर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। त्यही रिटमा सुनुवाइ गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। यसै कारण नेपालसँग ओली बढ्ता चिढिएका हुन्।

    अर्कोतिर नेपालले ओली र उनले नेतृत्व गरेको एमाले नै नक्कली कम्युनिस्ट भएको आरोप लगाएका छन्। नेपालले शनिबार एक कार्यक्रममा सक्कली र नक्कली गरी नेपालमा दुई प्रकारका कम्युनिस्ट पार्टी रहेको बताए।

    सँगसँगै उनले ओली नेतृत्वको एमाले नक्कली कम्युनिस्ट भएको आरोप लगाए। ‘समाजवादी पार्टी देशभक्त पार्टी हो,’ उनले भने, ‘एकीकृत समाजवादी ओली नेतृत्वको एमालेले जस्तो मध्यरातमा विदेशी कूटनीतिज्ञसँग छलफल गर्ने पार्टी होइन।

    एमाले नक्कली कम्युनिस्ट पार्टी भइसकेको छ। अहिले सूर्यमा ग्रहण लागिसकेकाले त्यसको भविष्य छैन। त्यसैले हामीमात्र सक्कली कम्युनिस्ट पार्टी हौं।’ बलयगाडा चढेर अमेरिका नपुगिने र राजतन्त्र फाल्न नसकिने भनाइ राखेका ओलीको तानाशाही प्रवृत्तिका कारण एमाले सिद्धिएको दाबी पनि नेपालले गरेका थिए।

    अध्यक्ष नेपालले आगामी निर्वाचनमा नक्कली कम्युनिस्टलाई जनताले भोट नदिने र केही दिनमा ओली र उनको पार्टीलाई टर्च बालेरखोज्नुपर्ने, बताएका थिए। यो खबर आजको नागरिकदैनिकमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    पोखरा सहकारी हिनामिना प्रकरणः प्रहरीको बचतकर्तालाई मंसिर २ भित्र जाहेरी दिन आग्रह

    कास्की, कार्तिक २० – पोखरा बचत तथा ऋण सहकारी संस्थामा भएको करिब ८९ करोड रुपैयाँ...

    चितवन बैठकअघि मनिष झाले भने– ‘बाबुराम र जनार्दनले रास्वपाको नेतृत्व लिने इच्छा देखाएका छन्’

    चितवन, कार्तिक २० – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को विस्तारित बैठक भोलिदेखि चितवनको सौराहामा सुरु हुँदैछ। तीन...