News Portal

  • राजेन्द्र प्रसाद पाण्डेलाई मुख्यमन्त्रीको पद चुनौतीपूर्ण

    हिमालीसंचार संवाददाता
    ३३५ पटक

    धादिङ – नेपाली राष्ट्रीय राजनीतिमा आ- आफनै गौरवपूर्ण इतिहास, संघर्ष र बलिदान बोकेका दुई ठुला कम्युनिस्ट दलहरुले संबिधान सभा पश्चात नेपाली जनताको आशा र भरोसाको केन्द्र एउट्टै ठुलो नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) बनाउने उदेश्यले एउटै गंतव्य, लक्ष र कार्यक्रमहरु बोकेर २०७४ मा गठबन्धनका साथ प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सुखी नेपाली, संवृद्धि नेपाल भन्ने मूल नारा बोकेर उत्साहीका साथ नेता कार्यकर्ताहरु ढुक्कसंग अस्थिर राजनीतिक ज़ंजीरले आजीत भैसकेको जनता माझ गए।

    हाम्रो पार्टीको जनप्रिय कार्यक्रमलाई पत्याएर नेपाली जनताले दुई तिहाईको नजिकको मत दिई पाँच वर्षका लागि सरकार संचालन गर्ने अनुमति दिएका थिए।
    तर दुर्भाग्य बस पार्टी भित्र देखीएको अंतर कलह व्यवस्थापन गर्न नसक्दा तत्कालीन पार्टी अध्यक्ष केपी शर्मा ओली नेतृत्वकाे सरकार प्रतिपक्षी हुन पुगेको छ।
    सरकार संचालन गरिरहदा उहाँमा रहेको घमण्ड, अहंकार र सर्बसक्ताबादी चिंतनले गर्दा एक पटक मात्र हैन दुई दुई पटक जनताको सर्बोच्च संस्था प्रतिनिधिसभा विघटन गरी संबिधान र संघीय, लोकतांत्रिक, गणतन्त्र माथी प्रहार गरेको कुरा सबैमा सर्बबीतित्तै छ।

    यस्तो संकटको घड़ीमा संबिधान र जनताको ७० बर्ष भंदा लामो बलिदानी पूर्ण संघर्षबाट प्राप्त संघीय, लोकतांत्रिक गणतंत्रको रक्षा गर्नु तपाई हाम्रो कर्तव्य हुन आउछ।

    नेपालका सम्पूर्ण राजनीतिक दल, नागारिक समाज, न्यायकर्मी पत्रकार लगायत सम्पूर्ण मानवअधिकारहरु द्वारा यस्को विरुद्धमा संसक्त ढंगले आवाज़ बुलंद गरेपछी सर्बोच्च अदालतले समेत प्रधानमंत्रीको कदमलाई असंवैधानिक ठहर गर्दै संसद पुनस्थापना गरेउ।
    त्यसैले तत्कालीन अवस्थामा एउट्टै पार्टी नेकपा भित्र संबिधान जोगाउने र मास्ने बीच टकराप हुदै गएसी पार्टी दुर्भाग्यबस दुई कित्ता हुन पुग्यो।
    यो अवस्थामा पार्टी भंदा पनी देश र जनताको संबिधानलाई सर्वोच्च सम्झेको कारण तत्कालीन परिस्थिति र अवस्यक्ताले नेकपा( एकीकृत समाजवादी ) को जन्म क. माधव कुमार नेपालको नेतृप्तोमा गठन हुन पुग्यो।
    यही अवस्थामा संबिधान र प्रतिनिधि सभालाई निरन्तर दिनका लागी हाम्रो धादिंगबाट नेपाल कम्युनिस्ट पार्टी धादिंगका संस्थापक नेता, धादिंग जिल्लाका पूर्व सभापति, पूर्व स्थानीय विकास मंत्री, संबिधान सभा सदस्य, प्रदेश सभा सदस्य तथा नेकपा ( एकीकृत समाजबादी) का केंद्रीय उपाध्यक्ष मा. राजेन्द्र प्रसाद पाण्डेले खेलेको भूमिका साच्चिनै बहादुरी र विवेकीपूर्ण रहयो।
    यद्यपि केपी शर्मा ओली नेतृप्तोको एउट्टै पार्टी भित्र रहदा पनी दलिय व्हिपलाई समेत पर्वह नगरी संघर्ष गर्ने शीर्ष नेता ईमानदार कार्यकर्ताहरु वास्तवमा नैतिक र राजनीतिक रूपमा यो ब्यबस्थाको अंगरक्षक र भागीदारीहरु हुन।
    हाम्रो भावनासंग जोडीएको संबिधान रक्षाका निमित्त यहाँले खेल्नु भएको भूमिका हामी जस्ता तमाम निर्दोष न्यायप्रेमीहरुका लागी प्रेरणादायी छ।
    तपाइको योग्यता, क्षमता र अडिकपनको अवस्येक्ता यत्तिखेर बागमती प्रदेशले साच्चैनै महसूस गरेको छ।
    आफ्नो रगत र पसीना बगेको पार्टी फुटनु परेको पिडाको यत्तिखेर धादिंगेली जनताले क्षतिपूर्तिस्वरूप बागमति प्रदेशको नेतृत्व पाएकोमा रहात महसूस गरेका छौ। जिम्मेवारीको चाङ र चुनौतीका बीच तपाइले सहमाल्नु भएको मुख्यमन्त्रीको पद सोचेको भंदा फलदायी हुन सकोस हार्दिक सुभकामना छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विद्युत् आयातमा ४३ करोडको अनियमितता, मन्त्री घिसिङ र एमडी सिलवालमाथि प्रश्न

    काठमाडौँ, कार्तिक २५  — नेपाल विद्युत् प्राधिकरणले विद्युत् नियमन आयोगको स्वीकृति नलिई भारतीय कम्पनी पीटीसी...

    पोखरामा तोडफोड र उक्साउने आरोपमा रास्वपा कार्यकर्ता पक्राउ

    पोखरा, कार्तिक २५ – जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी उक्साउने कार्यमा संलग्न रहेको आरोपमा...

    बलिउडका दिग्गज धर्मेन्द्र देओलको निधन, ८९ वर्षको उमेरमा अन्तिम बिदा

    मुम्बई, कार्तिक २५ – बलिउडका वरिष्ठ अभिनेता धर्मेन्द्र देओलको निधन भएको छ। ८९ वर्षको उमेरमा...

    विदेशी चन्दा होइन, स्वदेशी पूँजीबाट विकास सम्भव : सुवेदी

    काठमाडौं,-१६ वर्षभन्दा बढी समयदेखि विदेशमा रहेर प्रवासी नेपालीहरूको समस्या सम्भावना र सीपमाथि अध्ययन गर्दै आएका...

    २२ दिनदेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध, मोबाइल बैङ्किङ प्रयोगकर्ता समस्यामा

    हिक्मत आचार्य/काठमाडौँ। तीन सातादेखि हिमालयन बैँकको कोर बैङ्किङ सिस्टम अवरुद्ध हुँदा ग्राहक ठुलो मर्कामा परेका...