News Portal

गजेन्द्र हमाल कांग्रेसकै मान्छे हुन्, विचरा बस्न नसक्ने भएपछि राजीनामा दिए – प्रधानमन्त्री देउवा

हिमालीसंचार संवाददाता
३७५ पटक

काठमाडौं। 
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीशका जेठान पर्ने गजेन्द्र हमाललाई मन्त्री बनाइएको विषयमा बोलेका छन्। बुधबार नेपाल तरुण दलले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा प्रधामन्त्री देउवाले हमाल कांग्रेसको कार्यकर्ता भएको र मन्त्री भएपनि बस्न नसक्ने भएपछि राजीनामा दिएको स्पष्ट पारे।

कांग्रेस सभापतिसमेत रहेका देउवाले भने, ‘मैले तपाईंहरुलाई भनेको भन्यै छु। हमाल हाम्रो पार्टीको मान्छे हो। विचरा, बस्न नसक्ने भएपछि राजीनामा दिए। यो कुरा सिद्धिइसकेको थियो, तर कुरा उठाएका उठाएकै छन्।’

हमाल प्रकरणका कारण अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि सम्पूर्ण न्यायकर्मी उत्रिएका छन्। प्रधानन्यायाधीशले अविलम्ब राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्ने माग छ। कार्यक्रममा प्रधानमन्त्री देउवाले अदालतको बारेमा पनि आफ्नो धारणा राखे। उनले अदालतबारे धेरै बोल्न नमिल्ने टिप्पणी गर्दै नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि खनिन पुगे।

परमादेशको सवाललाई उठाएर सर्वोच्च अदालतका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने भनेर अध्यक्ष ओलीले दिएको अभिव्यक्तिप्रति आक्रोसित भए। प्रधानमन्त्री देउवाले अदालतमा देखिएको समस्या समाधान गर्ने काम अदालतकै भएको तर्क गरे।

प्रधानमन्त्री देउवाले भने, ‘परमादेश ल्याउने सबैलाई हटाउनुपर्दछ भन्ने गैरजिम्मेवार कुरा गर्नु उचित हुँदैन जस्तो लाग्दछ मलाई। अरुकुरा धेरै केही भन्नु छैन तपाईंहरुलाई। हाम्रो गठबन्धन ५ पार्टीको जो छ, जे उठेका सवालहरु छन्–न्यायालय सम्बन्धमा। सरसल्लाह, छलफल गर्नेछौं। यसमा धेरै कुरा छैन।’

परमादेशबाट संसदीय व्यवस्था, संविधान र सिंगो देशलाई बचाउने काम अदालतका न्यायाधीशहरुले गरेको बताउदै त्यसको विरोध नगर्न पनि एमाले अध्यक्ष ओलीलाई प्रधानमन्त्री देउवाले सचेत गराए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...