News Portal

राजेन्द्र पाण्डेले भने– अष्टलक्ष्मी शाक्यकोविरुद्ध उभिने दिन आयो

हिमालीसंचार संवाददाता
२३७ पटक
Rajendra Pandey

काठमाडौँ।
नेकपा एकीकृत समाजवादी पार्टीका बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्रीमा प्रस्तावित राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्। मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले मुख्यमन्त्री शाक्य अल्पमतमा परेको ३९ दिन भइसकेको पनि स्मरण गराए।

संविधानतः सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने मुख्यमन्त्रीले किन अझै अल्पमतका बाबजुद सत्तामा टाँसिएर बस्न मन गरेको होला भन्ने प्रश्नसमेत उनले गरे।

मुख्यमन्त्री शाक्यले प्रतिगमनकारीकै पक्षमा उभिएर मुख्यमन्त्रीको भूमिका निर्वाह गरिरहेको भन्दै उनले आफूहरु पनि प्रतिगमनकै पक्षमा रहेकोभए मुख्यमन्त्रीलाई विश्वासको मत दिइन्थ्यो तर आफूसहितको गठबन्धन अग्रगमनको पक्षमा, यो व्यवस्था र संविधानको पक्षमा भएकाले विश्वासको मत दिन नसकिने प्रस्ट पारे। उनले भने, ‘अष्टलक्ष्मी शाक्यको विरुद्ध राजेन्द्र पाण्डे उभिने दिन आयो।’

आफूहरुले नै तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव ल्याएर शाक्यलाई प्रस्तावित मुख्यमन्त्रीका रुपमा अघि सारेको स्मरण गराउँदै पाण्डेले भने, ‘अहिले मुख्यमन्त्री शाक्य नै डोरमणि पौडेलको सरकारले गरेको उपलब्धि सुनाउँदै हुनुहुन्छ।’

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...