News Portal

कर्णालीमा फ्लोर क्रस गर्ने प्रकाश ज्वाला नेकपा एसको प्रदेश इन्चार्ज

हिमालीसंचार संवाददाता
३६६ पटक

काठमाडौं।
कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन प्रकाश ज्वालाले महत्वपूर्ण भूमिका खेलेका थिए। उनकै नेतृत्वमा तत्कालीन नेकपा एमालेका प्रदेश सांसदहरुले फ्लोर क्रस गरेर शाहीलाई विश्वासको मत दिएका थिए।

नेपालको इतिहासमा पहिलोपटक फ्लोर क्रसको घटना रोचक तरिकाले घट्यो। त्यसपछि नेकपा एमालेले कारबाही गरेर ज्वाला सांसदबाटै पदमुक्त भए।

माधवकुमार नेपालको विश्वासपात्र मानिएका ज्वालाले नेकपा एसको जिम्मेवारी बाँडफाँडमा महत्वपूर्ण उपलब्धि हासिल गरेका छन्। उनी यसअघि नै उपमहासचिव बनाइए। महासचिव डा. वेदुराम भुसालले संगठन विभाग प्रमुखको जिम्मेवारी पाउँदा ज्वालाले सोही विभागको उपप्रमुखको जिम्मेवारी पाए।

सबैभन्दा महत्वपूर्ण प्रकाश ज्वाला कर्णाली प्रदेश नेकपा एसको इन्चार्ज बनाइएका छन्। यसलाई अर्थपूर्ण मानिएको छ। नेपालले फ्लोर क्रसको पुरस्कार स्वरुप ज्वालालाई एकैपटक तीनवटा जिम्मेवारी दिएको चर्चा चलेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...