News Portal

नेकपा माओवादी केन्द्रको अन्तर्राष्ट्रिय विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ

उपप्रमुखमा राखियो ‘राम’ सुरेन्द्र कार्की

हिमालीसंचार संवाददाता
४१२ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रले अन्तर्राष्ट्रिय विभाग प्रमुखको जिम्मेवारी हेरफेर गरेको छ। माओवादी केन्द्रले दुई साताअघि गरेको निर्णय स्थायी कमिटी बैठकले प्रमुखमा नारायणकाजी श्रेष्ठलाई ल्याएको छ।

गत भदौ ५ र ६ गते भएको स्थायी कमिटी बैठकले सुरेन्द्र कार्की, राम कार्कीलाई अन्तर्राष्ट्रिय विभागको प्रमुख बनाउने निर्णय गरेको थियो। पछिल्लो नयाँ निर्णय अनुसार कार्कीलाई विभागको उपप्रमुख बनाइएको छ। श्रेष्ठले विदेश विभागका प्रमुखको जिम्मेवारी नपाएको भन्दै असन्तुष्ट रहँदै आएका थिए।

नेकपा माओवादी केन्द्रले आइतबार गरेको नयाँ परिपत्रमा अघिल्लो निर्णय सच्याइएको उल्लेख गरेको छ। नेकपा माओवादी केन्द्रले विभिन्न देशमा राजदूत भइसकेका कूटनीतिज्ञको नाम प्रस्ताव गर्दै अन्तर्राष्ट्रिय विभाग गठन गर्न खोजेको थियो। नाम आएकामध्ये केहीले विभागमा नबस्ने घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...